७ माघ, धनकुटा । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेशको अस्थायी राजधानी तोकेपछि आफ्नै पार्टीको नेतृत्वले धनकुटालाई उपेक्षा गरेको भन्दै नेपाली कांग्रेस धनकुटाका पदाधिकारीहरुले सामुहिक राजीनामा दिएका छन् ।

सभापति अग्नीप्रसाद पौडेलसहित पदाधिकारीहरुले पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गरेका हुन् ।

जिल्ला कार्यसमिति, गाउँ तथा नगर समिति, भातृ संस्थाका पदाधिकारी लगायतले साधारण सदस्य समेत नरहने गरी सामुहिक राजीनामा दिएको घोषणा गरेको सभापति पौडेलले जानकारी दिए ।

पूर्वाधार, सामाथ्र्य, सुरक्षा, सुन्दरता तथा प्रशासनिक सुगमता र अन्तराष्ट्रिय सिमानाको पनि दृष्टिकोणले उपयुक्त रहेको धनकुटालाई देउवा सरकारले उपेक्षा गरेको उनको आरोप छ ।

आफुले पार्टी भन्दा माथि उठेर नैतिकताको आधारमा राजीनामा दिएको पौडेलले बताए ।

सामुहिक राजीनामा पछि उनीहरुले पार्टी कार्यालयमा कालो झण्डा गाडेका छन् ।

प्रतिकृया

प्रतिकृया