२४ माघ, काठमाण्डौं । एनआईसी एसिया बैंकले शेयर कारोबार सम्बन्धी सी-आस्वा सेवा सुरु गरेको छ।

नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशन गर्नेमा धितोपत्र खरिदमा सी-आस्वा आगामी फागुन ११ देखि अनिवार्य गरेपछि बैंकले यो सेवा सुरु गरेको हो।

बैंकले आफ्ना सबै शाखामा सीआस्वा रजिष्ट्रेशन बुधबारदेखि सुरु गरिएको जानकारी दिएको छ।

मुलुकभर बैंकका १६८ वटा शाखा छन्।

यो सेवा सञ्चालनमा आएसँगै ग्राहकले आफैं अनलाइनबाटै शेयरको आवेदन गर्न सक्नेछन्। अनलाइन आवेदन दिन नसक्नेले बैंकमा गएर आफूले खरिद गर्न चाहेको रकम खातामा रोक्का राखी सहज रुपमा शेयर खरिद गर्न सक्नेछन्।

प्रतिकृया

प्रतिकृया