नेकपा एमाले र नेकपा माओवादी पार्टी एकता अन्तिम चरणमा पुगिसकेको छ । दुई ठुला पार्टी एक हुनैलाग्दा यसै एकताको विषयलाई लिएर एमालेका नेता भरतमोहन अधिकारीसँग कुराकानी गरिएको छ । प्रस्तुत छ, उनै अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश

एमाले–माओवादीको एकता होला त ?

– छलफल चलिरहेको छ । दुई पार्टी एक हुनु इतिहासकै ठूलो घटना हो । गठबन्धन गर्दा नै चुनावी परिणाम देखियो । यसले कम्युनिष्टहरुलाई मात्र एक ठाउँमा ल्याउँदैन, राजनीतिक स्थिरता पनि ल्याउँछ । शान्ति र समृद्धिको ढोका खुल्छ । त्यसैले कम्युनिष्ट पार्टीहरु एउटै झन्डामुनि उभियुन भन्ने नेपाली जनताले चाहेका छन् ।  एमाले–माओवादीको एकता आजभोलि नै टुंगिन्छ भन्ने मैले आशा राखेको छु ।

एकता बाध्यता यो कि आवस्यकता ?

– यो बाध्यता होइन, आवश्यकता हो । यदि वाम एकता नभइदिएको भए बहुमतको सरकार बन्दैन थियो । फेरि हङ पार्लियामेन्ट हुन्थ्यो, राजनीतिक अस्थिरता सुरु हुन्थ्यो । अब ढुक्कसँग पाँच वर्षसम्म सञ्चालन हुने सरकार आयो । राजनीतिक स्थिरता हुनेभो । देश विकासका लागि अनुकूल वातावरण बन्यो ।

एकताको आधार के हुनुपथ्र्यो ?
– एमालेले जनताको बहुदलीय जनवाद ल्याएको छ, माओवादीले माओवादसहितको जनवाद भनेको छ । यसका आ–आफ्नै इतिहास छन् । जनताको बहुदलीय जनवादको कार्यक्रम बनाउँदा मै सहभागी थिएँ । गफको भरमा आएको होइन, जनताको बहुदलीय जनवाद । देशको स्थिति हेरेर अब कम्युनिष्ट हिड्ने बाटो यो हो भनेर हामीले निक्र्योल गरेको एमालेको पाँचौं महाधिवेशनले हो । माओवादी साथीहरुको पनि लामो इतिहास छ, कुर्बानी छ । रगत बगाएर आउनुभएको छ, उहाँहरुको सोच चिन्तन बेग्लै छ । यो दुईवटा विचारलाई मिलाउनुपर्ने छ ।

प्रतिकृया

प्रतिकृया