-राज ढुंगाना


प्रजातन्त्र दिवसको अवसरमा एमाले र माओवादी केन्द्रले सात बुँदे सहमती गरेर पार्टी एकताको सन्देश दिएका छन । यो संगै नेपालको राजनितिमा स्थिरताको सुरुवात भएको छ । अव नेपालमा सरकार स्थिर हुने र विकास निर्माणले गति लिने जनताको विश्वास छ । लामो सशस्त्र द्धन्दबाट आएको नेकपा माओवादी केन्द र झापा आन्दोलनबाट राजनितिका शक्तिको रुपमा उदय भएको नेकपा एमाले अन्तत एक भएका हुन । पार्टी एकताको सवालमा दुई पार्टीका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले एक अर्कामा त्याग गर्दै साँतबुँदे सहमती पत्रमा हस्ताक्षर गरेका छन । यसले लामो अस्थिर राजनितिको अन्त्य भएको छ ।

ओलीको चुनौती छिमेकी मुलुकसंग सन्तुलित दुरी

यतिबेला अव यही एकिकृत पार्टीका दुई प्रमुख नेता मध्ये एक नेता केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री छन । मुलुक संघियतामा गएसंगै प्रधानमन्त्री ओलीलाई संघियतालाई सफल बनाउने र जनताले आशा गरेका विकास निर्माणका कामहरु अघि बढाउनुपर्ने प्रमुख जिम्मेवारी छ । छिमेकी मुलुकसंग सन्तुलित दुरी कायम राख्दै राष्ट्रियताको रक्षा गर्नु पर्ने अर्को महत्वपुर्ण जिम्मेवारी पनि ओली कै काँधमा छ ।
अहिले मुलुकमा सातवटा प्रदेश कायम भएका छन । संघियतासंगै देशको कुल प्रशासनिक खर्च ९ खर्व भन्दा बढी हुने प्रक्षेपण गरिएको छ । राज्यको ढुुकुटीमा पैसा नभएकै कारण राष्ट्रिय गौरवका आयोजना अगाडी बढाउन हम्मे हम्मे भएको छ । तर पनि आर्थिक सम्बृद्धीको नारा दिएर दोस्रोपटक सिंहदरवार प्रवेश गरेका ओलीले विकास,सुशासन र सम्वृद्धीको बाटोमा अघि बढनुपर्ने नै छ । देशमा निर्यात नगन्य मात्रामा हुनु आयातले मात्रै देशको माग पुरा गर्नु आगामी दिनमा प्रधानमन्त्री ओलीको सबैभन्दा टाउको दुखाईको विषय बन्ने स्पष्ट छ । अहिले उत्पादनमुलक क्षेत्रमा भन्दा सेवामुखी क्षेत्रमा लगानी बढदै जानु,प्रविधीमा मुलुकले फड्को मार्न नसक्नु पनि मुलुक विकासमा जान नसक्नु अर्को कारण हो । ठुला ठुला आयोजनाहरु बजेटको कमि मात्रै भएर रोकिएका हैनन्, त्यो संगै प्रविधी,दक्ष जनशक्ती, र देशको नितिगत कमजोरीका कारण पनि यसले बल पुर्याएको छ ।

छिमेकीसंग सहयोग लिएर अघि बढे ओलीको सम्बृद्धीको बाटो सहज छ

पाँच बर्षको लागि प्रधानमन्त्रीको रुपमा ओलीले आफुलाई उभ्याउन पहल गरेपनि बाम एकताको बाध्यात्मक परिस्थितीमा उनले कम्तीमा साँढे दुई बर्ष सरकार हाँक्न पाउने देखिन्छ । भलै त्यो बाउन्ड्री होला नहोला अहिल्यै भन्न सक्ने अवस्था छैन । यसभन्दा अघि नै जनतामाझ देखाएको सम्बृद्धीको नारा पुरा गर्न ओलीका लागी साँढे दुई बर्ष थोरै मात्रै समय हैन, अति नै थोरै समय हुनेछ । तर पनि उनले देखाएका सम्बृद्धीको बाटोको ट्रयाक मात्रै निर्माण गर्न उनले अव आफ्नो देशको स्रोत र साधनको उच्चतम प्रयोग गर्दै छिमेकी मुलुक विशेष गरी भारत र चिनलाई उनले संगै लिएर हिड्न जरुरी छ ।

जसरी अहिले उनलाई भारत भन्दा चिन संग नजिकिएको शंका गरिन्छ, उनले त्यो शंका मेट्र्नैपर्ने हुन्छ । भारतको सहयोग विना उनले सोचेको सम्बृद्धीको सपना पुरा हुन फलामको चिउरा चपाएसरह हुनेछ । उनले आर्थिक विकासको सवालमा विशेषगरी भारतसंग मिलेर जानुपर्ने भौगोलिक,र राजनितिक बाध्यता हुने देखिन्छ । खुल्ला सिमाना,खुल्ला ब्यापार,रोटीबेटीको सम्बन्धका कारण पनि ओलीले एकोहोरो बाटो हिड्न सक्ने अवस्था रहन्न । ओलीले भारतसंग सहकार्य कै बाटो लिन जरुरी हुने देखिन्छ ।

मोदीको दुई कल र शुष्माको भेट सम्बन्ध सुधारको सेतु !

सबैभन्दा पहिला त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाम गठबन्धन बनाएर चुनावमा सफलता प्राप्त गरेपछि पहिलो फोन गरेर तत्कालिन एमाले अध्यक्ष केपी ओलीलाई बधाई दिएका थिए । यसको संकेत थियो, भारत अव ओलीको आगामी नेतृत्वसंग सहकार्य गरेर संगै जान चाहन्छ । राजनितिक रुपले एमाले माओवादी एक हुने परिस्थिती सिर्जना हुँदै गर्दा भारतले नेपालको आन्तरिक राजनितिमा जे भए पनि हस्तक्षेप नगर्ने बरु नयाँ आउने सरकारसंग मिलेर जाने संकेत दियो ।

फलस्वरुप भारतिय विदेश मन्त्री शुष्मा स्वराज नेपाल भ्रमणमा आईन उनले सो भेटमा सबैभन्दा महत्व भावी प्रधानमन्त्रीका रुपमा अनुमोदित भईसकेका ओलीलाई दिईन । एक्लाएक्लै भेट समेत गरिन । त्यसपछि भारत ओलीसंग नजिकिएको सन्देश प्रवाह भयो । अव ओलीलाई यसैको जगमा सम्बन्धलाई अझ मजबुत बनाएर जानेमात्रै विकल्प छ । जसबाट नेपालले धेरै फाईदा लिन सक्ने प्रष्ट छ । विश्वको छैठौ स्थानमा रहेर आर्थीक सम्बृद्धीतिर लम्किरहेको मुलुक भारतसंग ओलीले आगामी दिनमा देशको राष्ट्रियतालाई बलियो बनाउदै दिर्घकालिन फाईदा लिन सके मात्रै नेपालले सोचेको सम्बृद्धीको सपना पुरा हुनेछ ।

‘लि क्यान यू’ र ‘पार्क चुङ ही’ बन्ने अवसर

जसरी सिंगापुरलाई विभिन्न चुनौतीको बाबजुत पनि त्यहाँका नेता लि क्यान यू ले विश्वकै सम्बृद्ध र नमुना सिंगापुर बनाए, विषम परिस्थितीमा पनि आर्थिक रुपले टाट पल्टिएको दक्षिण कोरियामा त्यहाँका नेता पार्क चुङ ही ले आजको दक्षिण कोरिया बनाए । त्यसैगरी प्रधानमन्त्री ओलीलाई पनि त्यो अवसर आएको छ । यी दुवै विदेशी नेताले छिमेकसंग सन्तुलित निति अपनाउदै धेरै भन्दा धेरै फाईदा लिएका थिए । यसैगरी ओलीले पनि देशको राष्ट्रियतालाई जोगाउदै, छिमेकीसंग समदुरी कायम गर्दे विकासको बाटो कोर्न सक्नुपर्छ । यो नै ओलीको हित र देशको हित हुने प्रष्ट छ ।

प्रतिकृया

प्रतिकृया