१० फागुन, दैलेख । दैलेख बजारबाट महाबु गाउँपालिकाको गैडावाजका लागि छुटेको बोलेरो जीप महाबु-४ ओखलढुंगामा दुर्घटना भएको छ ।
लु१ज ३५३२ नम्बरको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सरोज पौडेलले जानकारी दिएका छन् । अन्य तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा महाबु(६ का श्रबणकुमार शाही, महाबु(३ कि निर्मला बिष्ट र वीरेन्द्रनगर सुर्खेतका तिलक बिष्ट रहेका छन् । एक जनाको भने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखबाट थप प्रहरी टोली दुर्घटनास्थल पुगेर उद्धार कार्य सुरू गरेको छ ।

प्रतिकृया

प्रतिकृया