११ फागुन, झापा । – झापाको लक्ष्मीपुरमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

लक्ष्मीपुरको भित्री सडकखण्डमा लु १ ख ९१७८ नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक लक्ष्मीपुरका ३५ वर्षीय होमनाथ न्यौपानेको उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय घैलाडुब्बाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया