१४ फागुन, काठमाडौं । पुतलीसडकस्थित सेयरमार्केट भवनमा आगलागी भएको छ । भवनकाे चाैथाे तल्लामा रहेको एनआईसी ट्रेडिङ सेन्टरमा साेमबार बिहान साढे ९ बजे आगलागी भएको हो ।

आगो काठमाडौं महानगरपालिकासँगै नेपाली सेनाको दमकल, प्रहरी र स्थानीयको प्रयासमा केहीबेर पछि नै नियन्त्रणमा आएकाले ठूलाे क्षति हुनबाट जाेगिएकाे छ ।

प्रहरीले आगो लाग्नुको कारण र क्षतिको विवरण प्राप्त भइनसकेको जनाएको छ ।

प्रतिकृया

प्रतिकृया