२४ फागुन, झापा । त्रिभुवन आर्मी क्लब झापा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । विर्तामोडको डोमालाल राजवंशी मैदानमा नेपाल पुलिस क्लवलाई १–० ले हराउँदै आर्मी अन्तिम ४ मा पुगेको हो ।

आर्मीलाई जिताउन जर्ज प्रिन्स कार्कीले गोल गरे । आर्मीले फाइनल प्रवेशको लागि शनिबार मनाङ–मर्स्याङदी क्लबसँग खेल्नेछ । पहिलो सेमिफाइनलमा शुक्रबार झापा ११ र थ्री स्टार क्लब खेल्नेछन् ।

प्रतिकृया

प्रतिकृया