२५ फागुन, काठमाण्डौं । महिनावारी (रजश्वला) का कारण महिलामाथि हुने विभेदविरुद्ध ‘पिरियड पावर’ अभियान सुरु गरिएको छ। विश्वव्यापी रुपमा सञ्चालन भएको यो कार्यक्रम नेपालमा पनि सुरु गरिएको हो।

विश्व नारी दिवसका अवसरमा मित्र समाज नेपालले बिहीबार काठमाडौंमा कार्यक्रम आयोजना गरी अभियानको औपचारिक सुरुवात गरेको हो। वाटरएडको सहयोगमा मित्र समाजले ‘ह्यासट्याग पिरियड पावर (#PeriodPower) अभियान सुरु गरेको हो।

काठमाडौंमा आयोजित कार्यक्रममा ५० भन्दा बढी सेलिब्रेटीको सहभागिता थियो। कार्यक्रमा महिनावरी सम्बन्धी पेन्टिङहरु प्रदर्शनी गरिएको थियो।

नेपालमा ९५ लाख महिला प्रत्येक महिना महिनावारी हुने गरेको उल्लेख गर्दै आयोजक संस्थाले महिनावारीलाई सुरक्षित बनाउन अभियान थालिएका जनाएको छ।

मित्र समाजका कार्यकारी निर्देशक विवेकसिंह ठकुरीले महिनावारीबारे अझै नेपाली समाजमा विभेद र कुरीति कायमै रहेकाले यसबारे सचेतना फैलाउनु अभियानको उद्देश्य रहेको जनाए।

प्रतिकृया

प्रतिकृया