२५ फागुन, काठमाण्डौं । किरात याक्थुङ चुम्लुङ अष्ट्रेलियाले स्तन क्यान्सरपीडित महिलालाई झण्डै तीन लाख रुपैयाँ सहयोग गरेको छ ।

ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका ६ की संगीता बेघा लिम्बूलाई चुम्लुङले दुई लाख ८७ हजार ३६५ रुपैयाँ सहयोग गरेको हो । चुम्लुङ अष्ट्रेलियाको पहलमा त्यहाँ रहेका नेपालीबाट सहयोग संकलन गरिएको थियो ।

सहयोग रकम किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य तथा मुन्धुमविद् यासेली योङहाङले शुक्रबार पीडितलाई हस्तान्तरण गर्नुभयो । क्यान्सरपीडित संगीताको भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचार भइरहेको छ ।

प्रतिकृया

प्रतिकृया