२७ फागुन, काठमाण्डौं । सन् २०१७ मा काठमाडौं उपत्यकाभित्र गरिएको एक सर्वेक्षणले यहाँका ७२ प्रतिशत बालबालिकाको फेसबुक ‘अकाउण्ट’ रहेको देखाएको छ। ती बालबालिका दैनिक तीनदेखि चार घण्टासम्म इन्टरनेटमा घोत्लिने गरेको पाइएको छ।

फेसबुकपछि बालबालिकाको रोजाइमा ‘युट्युब’ पर्ने गरेको छ। ‘भ्वाइस अफ चिल्ड्रेनले आयोजना गरेको कार्यक्रममा प्रतिमिनेट ‘इन्टरनेटमा घण्टौं बिताउने बालबालिका नजानिँदो शैलीमा यौनशोषणमा परेको देखिएको छ’, सर्वेक्षणमा सामेल सोही संस्थाकी कृति भट्टराईले भनिन्।

सबैभन्दा धेरै समस्या दक्षिण ललितपुरमा रहेको र फेसबुकका कारण स्कुल जाँदै गरेका बालबालिकाले विवाह गर्ने क्रम बढेको उनले जानकारी दिइन्।

उनीहरू घरबाट हिँडे पनि विद्यालय नजाने र बाहिर बसेर फेसबुक चलाउने समस्या रहेको छ। सानै उमेरदेखि ‘च्याटिङ’ गर्ने र कुरा मिलेपछि विवाह गर्नेगरेको संस्थाको भनाइ छ।

उपत्यकामा बालबालिकाले एकभन्दा बढी एकाउण्ट बनाएको र नचिनेका मान्छेसँग बोल्ने, साथी बनाउने गर्दै सजिलै फसेको, यौनशोषणमा परेको सर्वेक्षणमा देखिएको छ।

छोटो समयमै ‘ब्वाईफ्रेण्ड’ ‘गर्लफ्रेण्ड’ बन्ने, पासवर्ड साटासाट गर्ने र सम्बन्ध बिग्रेपछि पहिले खचिएिका एकअर्काका अश्लील फोटो सार्वजनिक गरिदिने घटनासमेत बढेको छ।

नेपालमा यस्ता खालका टनालाई सम्बोधन गर्ने कुनै कानुन छैन। विद्युतीय कारोबार ऐनले यस्ता घटनालाई खासै समेट्न नसकेका कारण प्रहरी पनि अन्योलमा देखएिको छ।

प्रतिकृया

प्रतिकृया