२७ फागुन, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वामगठबन्धनले गरेको चुनावी घोषणापत्र अनुसार नै सरकारका आगामी काम कारबाही गरिने बताएका छन्।

सोमबार संसदमा विश्‍वासको मत लिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ‘साझा चुनाव घोषणा पत्रमा स्पष्ट नीति र उद्देश्‍य र योजना बनाइएका थिए सोही अनुसार काम गर्नेछौँ’ प्रधानमन्त्री ओलीले भने।

राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानलाई मध्यनजर गरेर आफ्नो सरकारले काम गर्ने बताएका छन्। ‘स्वतन्त्र राष्ट्र र सार्वभौम सत्तालाई मध्यनजर गरेर त्यसलाई माथि उठाउने गरी काम गर्न चाहन्छौँ।’

प्रधानमन्त्री ओलीले भने ‘अघि पछि मैले भन्दै आएको छु, आज देशले सुन्नेगरी यो रोष्टममा बसेर भन्न चाहन्छु।’ उनले देश समृद्धको बाटोमा लैजाने गरि अघि बढ्नु पर्ने बताए। ‘हामी अब समृद्धिको बाटोमा अघि बढ्यौ’ उनले भने।

प्रतिकृया

प्रतिकृया