२७ फागुन, काठमाण्डौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रतिपक्षीलाई सहयोगका लागि आग्रह गरेका छन्।

आइतबारको संसद बैठकमा बोल्दै नेपाल नेपालले समृद्धिका लागि सत्ता र प्रतिपक्ष मिलेर जानुपर्नेमा जोड दिए।

‘सत्ता र प्रतिपक्ष एउटै सिक्काका दुईटा पाटा हुन्’, उनले भने– ‘सत्ताबाट प्रतिपक्षीमा जाँदा आकाशै खस्दैन। प्रतिपक्षीबाट सत्तामा जानु पनि उड्ने होइन। सत्तामा जाँदा जिम्मेवारी थपिएको छ। सबै मिलेर अघि बढ्नुपर्छ।’

प्रतिकृया

प्रतिकृया