२७ फागुन, काठमाण्डौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकार दुई तिहाइ बहुमतका लागि माथापच्चिसीमा लागेको भन्दै त्यसको कारण मागेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा आइतबार संसदमा आफ्नो धारणा राख्दै थापाले भने, ‘सरकारसँग स्पष्ट बहुमत छ, तर दुई तिहाइका लागि माथापच्चिसी भइरहेको छ, बहुमत हुँदाहुँदै दुईतिहाइको दिव्यशक्तिको मोहपछाडिको कारण के ?’

साथै उनले अब घोषणापत्रमा लेखेका विकासका नारा पूरा गरेर देखाउन सरकारलाई आग्रह गरे ।

वाम गठबन्धनको घोषणापत्रमा उल्लिखित विकासे नारा उल्लेख गर्दै थापाले भने, ‘प्रधानमन्त्रीज्यूले घोषणापत्र कण्ठ गरेर आइस् भन्नुहोला, अब कण्ठस्थ पार्ने मात्र होइन, पटक-पटक यहाँ भन्नेछु, कांग्रेस अब माग्ने ठाउँमा आइपुगेको छ । अब वाचा पूरा गरेर देखाउनुस्, नगदमा चाहिन्छ, खनखन गनेर ….।’

थापाले आफूहरूले जिम्मेवार प्रतिपक्षको भूमिका निभाउने पनि बताए ।

प्रतिकृया

प्रतिकृया