२८ फागुन, काठमाण्डौं । फुटबल मैदानमा चिप्लिएर अवतरणका क्रममा दुर्घटनामा परेको यूएस बंगलाको विमानमा ६७ यात्रु भएको बीबीसी बंगलाले जनाएको छ ।

स्थानीय समय अनुसार सवा १२ बजे बंगलादेशको हजरत शाहजलाल अन्तराष्ट्रिय विमानस्थलबाट उडेको एसटु-एजीयू कल साइन रहेकाे त्याे विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको हो ।

आगलागीमा परि घाइते भएकाहरुमध्ये २० जनाको उद्धार भएको बताइएको छ । तर दुर्घटनाको पूर्ण विवरण भने आएको छैन । घाइतेहरुमध्ये केही सिनामंगलमा रहेकाे केएमसी अस्पताल तथा केहीलाई हेलिकप्टरमार्फत अस्पतालमा लगिएकाे छ ।

अहिले दुर्घटनाका बारेमा जानकारी लिन गृहमन्त्री रामबहादुर थापा विमानस्थल पुग्नु भएकाे छ ।

प्रतिकृया

प्रतिकृया