२८ फागुन, काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको बंगालादेशी विमानबाट अहिलेसम्म २० वटा शव निकालिएको छ ।

१७ जनालाई भने जीवितै उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

६७ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित ७१ जनालाई लिएर बंगालेशबाट आएको युएस बंगला विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लितर फुटबल मैदानमा पुगेको थियो ।

त्यसपछि विमानमा आगो लागेको थियो । आगो नियन्त्रणमा आइसकेको छ ।

प्रतिकृया

प्रतिकृया