२९ फागुन, काठमाण्डौं । राष्ट्रपति चयन लगत्तै सरकार बिस्तारले पुर्णता पाउने भएको छ ।

सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा समेत मन्त्रिीपरिषद विस्तार कार्यले पुर्णता पाउन नसकेको भन्दै आलोचना भईरहेका वेला प्रधानमन्त्री केपी ओलीले पर्सी विहिबार भित्र मन्त्रीमण्डलले पुर्णता पाउने गरि तयारी गरेका हुन् ।

चैत १ गतेभित्र मन्त्रीमण्डलले पुर्णता पाइसक्ने गरि छलफल भईरहेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए।

राष्ट्रपति चयन लगत्तै मन्त्रीमण्डलले पुर्णता पाउने भनिएपनि एमाले र माओवादी केन्द्रमा आकांक्षी धेरै भएकाले मिलाउन भने दुवै पार्टीलाई धौधौ परेको छ । अधिकांश शीर्ष नेताहरु निर्वाचन जितेर आएकाले मन्त्रीमण्डलमा जाने चहाना राख्नु स्वभाविक भएको रिमालले बताए।

उहाँले भने, –यसअघी ५६ जनासम्मको मन्त्रीमण्डल बनेको इतिहास छ, अहिले १८ जनाको मन्त्रीमण्डलमा नेताहरुको व्यवस्थापन गर्नु सहज छैन । १८ सदस्यीय मन्त्रीमण्डलमा माओवादीलाई अधिकतम ७, संघीय समाजबादी फोरमलाई २ र सरकारको नेतृत्वकर्ता दल एमालेलाई प्रधानमन्त्रीसहित ९ मन्त्रालयमा सहमति भएको छ ।

यसअघी एमालेले ११ मन्त्रालय पाउने भनिएपनि फोरमसँंग सहमति भएकाले पार्टीको भागमा ९ मन्त्रालय परेको नेताहरुले बताएका छन् । यसैबीच प्रधानमन्त्री केपी ओलीलाई संसदमा समर्थन जनाएपनि राष्ट्रिय जनता पार्टी राजपा तत्काल सरकारमा नजाने भएको छ ।

२ नम्वर प्रदेशमा राजपा फोरम गठवन्धनलाई बाम गठवन्धनले सहयोग समर्थन गरेको भन्दै प्रमुख राजनीतिक सल्लाहकार रिजालले केन्द्रमा पनि राजपाले सरकारलाई समर्थन गर्ने सहमति भएको बताए।

प्रतिकृया

प्रतिकृया