३० फागुन,काठमाडौँ । क्यानेडियन कम्पनी बम्बार्डियरले नेपालमा सोमबार भएको यूएस बंगला एयरको जहाज दुर्घटनाको अनुसन्धान गर्ने भएको छ । बम्बार्डियरले निर्माण गरेको जहाज नेपालसहित पछिल्लो दुई दिनमा दुईपटक दुर्घटनामा परेपछि कम्पनीले नै अध्ययन अनुसन्धान गर्ने भएको हो ।

यस्तै, बंगलादेशका नागरिक उड्डयनमन्त्रीले पनि जहाज दुर्घटनाको जाँचबुझमा सघाउने बचन दिएका छन् ।

आइतबार इरानमा दुर्घटना भएको २४ घण्टा नबित्दै काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सोही कम्पनीबाट उत्पादित जहाज दुर्घटनामा परेपछि अन्तर्राष्ट्रिय जगतमै गम्भीर चासो उत्पन्न भएको छ ।

प्रतिकृया

प्रतिकृया