३० फागुन, काठमाण्डौं । नवनिर्वाचित राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभालाई जनप्रतिनिधिहरूको साझा थलो बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

अध्यक्ष तिमिल्सिनाले कानुन निर्माणको कामलाई पहिलो प्राथमिकता दिने योजना अघि सार्दै राष्ट्रियसभालाई जनप्रतिनिधिहरूको साझा थलो बनाउने प्रतिवद्धता जनाएका हुन्।

बुधबार अध्यक्षमा निर्वाचित भएगलत्तै संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ उनले त्रुटिरहित कानुन निर्माण गर्ने र त्यसलाई कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराउन लागिपर्ने पनि बताए।

अध्यक्ष तिमिल्सिनाले प्रतिपक्षमाथि भेदभाव नहुने पनि स्पष्ट पारे।

नवनिर्वाचित अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभालाई मर्यादित ढंगले अघि बढाउन संचारकर्मीहरूलाई पनि साथ दिन आग्रह गरे। एमाले नेता तिमिल्सिना राष्ट्रियसभाको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आगामी चैत ४ गते आइतबार हुँदै छ।

प्रतिकृया

प्रतिकृया