३० फागुन, काठमाण्डौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) नेपालको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ ।

संगठनको कार्यालय पेरिसडाँडामा भएको बैठकले युवा संघ नेपालसँगको सांगठानिक एकताबारे आवश्यक निर्णय गर्ने अधिकार संगठनको केन्द्रीय कार्यालयलार्इ दिएको छ ।

बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुने भएपछि दुवै पार्टीका युवा संगठनहरुबीच एकताको आधार तयार गर्न आन्तरिक छलफल हुने वाइसीएल, नेपालका अध्यक्ष दीपशिखाले जानकारी दिए ।

एमाले र माओवादी केन्द्रले बैशाख पहिलो साता पार्टी एकता गर्ने बताएका छन् ।

बैठकमा प्रदेश, जिल्ला र तल्ला तहसम्मको संगठनको अवस्था, समस्या, सम्भावना र चुनौतिका विषयमा प्रत्येक प्रदेशबाट प्रदेश प्रमुखहरुले आ-आफ्नो प्रदेशको रिपोर्टिङ गरेका थियो ।

उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेता नारायणकाजी श्रेष् , नेता मणि थापा लगायतको उपस्तिथी रहेको थियो ।

बैठकले आगामी कार्ययोजना पनि तय गरेको वार्यसीएलका प्रचार बिभाग प्रमुख पुष्प ओलीले जानकारी दिए । उनका अनुसार आजको बैठकले केन्द्रीय समितिको कार्यविभाजन तथा पदपुर्ति समेत गर्नेछ ।

आजको बैठकले आन्तरिक धारणा निर्माण गरेपछि युवा संघ नेपालसँगको एकताबारे छलफल थालिने वाइसीएल केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया