३० फागुन, काठमाण्डौं । नेपाल पुलिस क्लव २० औं तिलोत्तमा गोल्डकप फुटवलको फाइननमा पुगेको छ । आज भएको खेलम आयोजक रुपन्देही ११ लाई सडन डेथमा ४–३ ले हराउँदै पुलिस उपाधि नजिक पुगेको हो ।

एन्फा टेक्निकल सेन्टरको मैदान देविनगरमा भएको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा पनि ३–३ को बराबरी भएपछि सडन डेथमा पुगेको खेलमा पुलिस विजयी भएको हो ।

भोली दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङदी क्लव र थ्रीस्टार क्लवविच खेल हुनेछ ।

प्रतिकृया

प्रतिकृया