४ चैत, रुपन्देही । रुपन्देहीको भैरहवाको गौतमवुद्ध विमानस्थलमा आज एति एयरको विमान दुर्घटना भएको छ ।

विमानमा रहेका २६ जना यात्रु र चालक दलका सदस्य भने शकुसल रहेका छन् ।

काठमाडौंबाट भैरहवाका लागि उडेको विमान रन वे मा गुडिरहेका बेला चक्का लक हुँदा दुर्घटनाग्रस्त भएको छ ।

रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीका अनुसार काठमाडौंबाट ४स् ४० मा उडेको जुलेट चार्ली विमान ५ स् ११ मा भैरहवा विमानस्थलमा अवतरण भएपछि दुर्घटनाग्रस्त भएको थियो । विमान दुर्घटना लगत्तै विमानस्थल अहिले बन्द भएको छ ।

प्रतिकृया

प्रतिकृया