४ चैत, काठमाण्डौं । निर्वाचन आयोगले उपराष्ट्रपति नन्दबहादुर पुनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ ।

उपराष्ट्रपतिको निर्वाचन आगामी ९ गते शुक्रबारका लागि तोकिए पनि पुनको मात्रै उम्मेदवारी परेपछि आयोगले आज निर्विरोध घोषणा गरेको हो ।

वाम गठबन्धनबीच राष्ट्रपति र उपराष्ट्रपतिमा पुरानैलाई दोहोर्‍याउने सहमति भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यसअघि नै दोस्रो कार्यकालका लागि चुनावी प्रतिस्पर्धाबाट छानिएर जिम्मेवारी सम्हालि सकेका छन्।

निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव नवराज ढकालले उपराष्ट्रपतिका लागि एकजनाको मात्रै उम्मेदवारी परेकाले पुनलाई आज निर्विरोध चयनको घोषणा गरिएको जानकारी दिए।
असोज ३ गते संविधान जारी भएपछि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबाट भण्डारी र पुन पहिलो कार्यकालका लागि निर्वाचित भएका थिए ।

माओवादी पूर्व लडाकु समेत रहेका पुन शसस्त्र द्धन्दको उद्गम थलो रोल्पाका छन्। विगतमा शिक्षक समेत रहेका पुनको जन्म २०२२ साल कार्तिक ७ गते भएको हो ।

प्रतिकृया

प्रतिकृया