काठमाडौं । संघीय संसद बैठकलाई सम्बोधन गर्ने राष्ट्रपतिको तालिकाका कारण, उपत्यकाको भित्री सडकको ट्राफिक अस्तव्यस्त हुने भएको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार, राष्ट्रपति अपरान्ह ४ बजे संसद भवन नयाँबानेश्वरमा बग्गी चढेर पुुग्ने तालिका भएका कारण कम्तिमा पौने ४ बजे अघि नै राष्ट्रपति कार्यालयदेखि नयाँबानेश्वर सम्मको रुट पुरै खाली गराइने छ । अर्थात् राष्ट्रपति आउने जाने रुटमा अरु सवारी प्रवेशमा पूर्ण रुपमा बन्देज लगाइने छ । राष्ट्रपति सँगै उपराष्ट्रपति नन्द बहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली पनि संसद भवन जाने भएकोले, उनीहरुको सवारी रुटका कारण थप क्षेत्रमा यातायात प्रभावित हुनेछ ।

राष्ट्रपति कार्यालयदेखि संसद भवन नयाँबानेश्वर सम्मको राष्ट्रपति सवारी रुट
राष्ट्रपति कार्यालय शितल निवास—पानीपोखरी—रानी विभाग लैनचौर —दरबार मार्ग —रत्नपार्क बसपार्क — भद्रकाली — सिंहदरबार — माइतीघर — बबरमहल — बिजुलीबजार —एभरेष्ट होटल — नयाँबानेश्वर हुँदै संसदभवनको १ नम्बर गेटबाट प्रवेश ।

उपराष्ट्रपतिको रुटः

उपराष्ट्रपति नन्द बहादुर पुन खानीविभागबाट करीब २०० मिटर भित्रबाट निस्किएर राष्ट्रतिको सावरीसँग खानीविभाग चोकमा भेट हुनेछ ।

प्रधानमन्त्रीको रुट

प्रधानमन्त्री ओली बालुवाटारबाट निस्केर पवित्र वर्कशप—शिवपुरी कलेज—पुलिस एकेडेमी हुँदै राष्ट्रपति कार्यालय अगाडीबाट, राष्ट्रपतिको सवारीसँग मिस्सिने ।

संसद भवन नयाँबानेश्वरबाट फर्किँदाको रुटः

शरुमा राष्ट्रपति, त्यसपछि उपराष्ट्रपति र प्रधानमन्त्रीको सवारी हुनेछ सँगसँगै जस्तो । नयाँबानेश्रबाट बिजुली बजार, माइतिघर हुँदै भद्रकाली । भद्रकालीबाट काठमाडौमल—बीर अस्पताल—जमल—केशरमहल—लैनचौर । खानी विभागबाट उपराष्ट्रपति छुट्टिने । त्यसपछि राष्ट्रपति र प्रधानमन्त्रीको सवारी अघि बढ्ने । प्रधानमन्त्रीको सवारीले राष्ट्रपतिलाई शितलनिवास अगाडी छोडेर शिवपुरी कलेज हुँदै बालुवाटा प्रवेश गर्ने ।

कति समय हुनेछ यो रुटमा बिलम्ब ?

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको सवारी संसदभवन नयाँबानेश्वरबाट फर्किने तालिका यकिन नभएका कारण कुन बेला सडक खाली गर्ने भन्नेबारे अन्यौल रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारी, घोडाको बग्गीमा चढेर संसदमा जाने तयारी भएको छ । राष्ट्रपति बग्गीमा जाँदा अरु यातायात अरु बढी लम्बिने छ ।

प्रतिकृया

प्रतिकृया