सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु,
सम्माननिय शिक्षामन्त्री गिरिराज मणि पोखरेल ज्यु,

नमस्कार।
मेरो नाम हेमराज थापा,तपाइँहरु यतिबेला कता हुनुहुन्छ मलार्इ थाहा छैन तर म र मेरा दुर्इजना साथिहरु (राजन लम्साल र मिलन बास्तोला) तपाइँहरुको प्रशासनिक निकाय सिँहदरबार नजिकैको माइतिघर मण्डलाको बिच चोकमा टेन्ट मुनि करिब तीन दिन देखि पानी सम्म नखाएर अलिकती बँचेको ताकत लिएर यो चिठी लेख्दैछौँ।

सम्माननिय प्रधानमन्त्री र शिक्षा मन्त्री ज्यु हामी कति अभागीहरु जलस्रोतको धनी हाम्रो देशमा हामिले तीन दिन देखि पानी सम्म खान पायका छैनौँ। प्राकृतिक स्रोतको धनी हाम्रो देशको राजधानिको मुटु मानिने यो माइतिघर मण्डेलामा तीन दिन देखि तपाईंहरु र तपाइँहरुका सरकारी मान्छेका मोटरहरुले उत्सर्जन गर्ने कार्बोन मोनोअक्साइडको धुँवा खांदै सडकमा बेजोड दौडिने सपनातित मान्छेहरु र गाडिका लस्कर हेरेर ढलिरहेछौँ।

मानननिय प्रधानमन्त्री र शिक्षा मन्त्री ज्यु, यदि पहुँच हुँदो हो त हामी पनि तपाइँहरुको साम्राज्य चल्ने सिँहदरबार र बालुवाटार भित्रै पसेर हाम्रो कुरा राख्ने थियौँ तर हाम्रो भाग्य कहाँ छ र ?

माननीय ज्यु, तपाइँहरुको महानगर काठमाडौं देखि निकै सुदुरको बाजुरामा म जन्मियको हुँ,म सानै हुँदा देखि सम्झिन्छु मेरा बाले मलाइ एक छाक खुवाउन हलो जोतेको , त्यो दिन देखि आजका मिति सम्म मेरा बाले हलो नै जोति राख्नु भयको छ।मेरा बाले हलो नै जोतेर मलाइ सरकारी स्कुल पठायर मुलुकको अग्रणी शैक्षिक संस्था त्रिभुवन बिस्वबिध्यालय सम्म पठाउनु भएको छ किनकी मेरो छोराले केही पढोस र समाजमा केही असल काम गरोस भन्ने सोच जो छ उहाँको न ठूलो नेता बन्नु छ न मन्त्री प्रधानमन्त्री बन्नु छ उहाँको सपना यत्ती छ जिन्दगीका ५ दशक हलो जोतेर बिताइयो अब छोरोले पढिसकेपछी हलो जोत्न नपरोस्, जिबनका उत्तरार्ध कालमा रगत सुकिसकेका बुढा हड्डिले खुशीले आराम गर्न पाउँ भन्ने चाहाना मात्रै छ।

म सानोमा कसरि हुर्केँ ,मैले कसरि पढेँ, म कसरी त्रिभुवन बिस्वबिध्यालय सम्म आइपुगेँ त्यो सबै कथा म यहाँहरुलाइ बताउन सक्दिन किनकी मसँग धेरै लेख्ने तागत छैन।आज मसँग हुर्कियका मेरा धेरै दौँतरी भारतका गल्लिहरुमा यो चिसो रातमा सिटि र डण्डा फुक्दै छ्न, मसँगै १० कक्षा सम्म पढेका मेरा दौँतरी हरु अरबकको बालुवामा आफ्ना पसिनाले सिचाइँ गर्दैछन ,अनि मेरा हजारौँ दौँतरिहरु कोरियाका उराठ लाग्दा ठाउँहरुमा आफ्ना औँलाहरु खियाउँदैछ्न। मलाइ थाहा छैन सम्माननिय प्राधानमन्त्री र शिक्षा मन्त्री ज्यु तपाइँहरुका सन्तती र आफन्त यो समयमा के गर्दै हुनुहुन्छ ?

मेरा युवा दौँतरिहरु कसरि बिदेश जानू भो रु हामी कसरी यति दुखि भयौँ त्यसको लेखाजोखा न तपाइँहरु सँग छ न मसँग छ।बस चुपचाप समय चलिरह्यो हामीले सहि रह्यौँ।समयले मलाइ बाजुरादेखी उडाउँदै तपाइँहरुको प्यारो आलिसान शहर काठमाण्डौसम्म ल्यायो, स्नातकोत्तर तहमा टियुमा भर्ना पनि भयँ तर अचानक अघिल्लो सरकारका शिक्षामन्त्री गोपालमान श्रेष्ठले शिक्षा सम्बन्धी यौटा यस्तो नियम सँसद बाट पारित गरे जसले म र मेरा उमेरका करिब १० लाख युवा बिध्यार्थिहरु छाँगाबाट खसे जस्ता भयौँ।

हामीले खुब दुख गरेर पढ्यौं, सर्टिफिकेट लियौँ अनि तपाइँहरुकै सरकारी निकाय बाट अध्यापन अनुमती पत्र पनि लियौँ तर उक्त सरकारले गरेको शिक्षा ऎनको नवौँ शँसोधनले हाम्रा सपना, हाम्रा सर्टिफिकेट अनि अध्यापन अनुमती पत्र माथी डढेलो लागेजस्तो बनायो।

सम्माननिय प्रधानमन्त्री र शिक्षा मन्त्री ज्यु न मैले कसैको बिरोध गर्नु छ न कसैको समर्थन गर्नु छ ,यहाँहरुलाइ अबगतै होला चैत्र २३ गते शिक्षक सेवा आयोगले एक परिक्षा लिँदैछ उक्त परिक्षामा म र म जस्तै करिब ७ लाख युवा साथिहरु परीक्षा दिन पाउँदै छैनन।तपाइँहरुको सरकारले जिबनभर हामिलाइ परीक्षा दिन सिकायो तर यो परीक्षा बन्चित किन गराइयोरुके म थाहा पाउन सक्छु ? हामीलार्इ दिइएको अध्यापन अनुमती पत्रको के अर्थ ? हामीले खुब दुख गरि कमाएको सर्टिफिकेटको के अर्थ ?

हामीलार्इ नेपाल निकै प्यारो लाग्छ ,हामी नेपाललाइ आमा जत्तिकै माया गर्छौँ, यदि हामीले हाम्रा सर्टिफिकेटलाइ नेपाल भित्रै बेच्न पाएनौँ भने ,हामीले सिकेको कुरा हाम्रा हजारौं साना साना भविस्य जस्तै प्यरा बालबालिकालाइ बाँड्न पाएनौँ भने हामी यी हाम्रा सर्टिफिकेट लियर कुन ठाउँ जाउँला ? यति प्यारो नेपाललाई यहिँ छोडेर हाम्रा सर्टिफिकेटलाइ खिया लागेको बाकसमा राखेर अरब जान मन छैन।

हामीलार्इ शिक्षक नबनाउनुस्, हामी मजदुर बनौँला तर कृपया हाम्रो देशका करिब ७२लाख बालबालिकाको भविस्यका लागि त सोचिदिनुस।यति प्यारो नेपालमा उनिहरुलाइ तालिम प्राप्त मान्छे बाट ज्ञान लिने अबसर नखोस्नुस न है ।

धेरै कुरा के भनुँ सानो मान्छे ठूलो कुरा जस्तै होला, तीन दिन देखिको भोकले शरिरको तागत सकियको छ के लेखेँ लेखिन थाह पाउँदिन।हामी यत्ती भन्न खोज्दै छौँ कि चैत्र २३ गतेको शिक्षा सेवा आयोगको परीक्षा स्थगित गरिदिनु अनि शिक्षा ऎनको नवौँ संशोधन खारेज गरिदिनु र १००५ खुला बिज्ञापन गरिदिनु तपाइँहरुलाइ म ,मेरो पुस्ता र भाबि नेपालले युगौं युग सम्म सम्झिने छौँ।

थाहा छैन तपाइँहरु समक्ष यो खबर पुग्छ पुदैन एदि खबर पुगेछ भने सम्झिनु हामी तपाइँहरुको प्यारो सिँहदरबार नजिकैको माइतिघर मन्डेलामा तपाइँलाइ यहि खबर सुनाउन भोकभोकै आमरण अनसन बसेका छौँ ।रात परपर जाँदैछ खस्किँदो शरीर ,पेटको आगो र गाडिको आवजले निद्रा बिथोलेको रात छ। जो जो ले यो सन्देश पाउनु हुन्छ कृपया सेयर गरेर प्रधानमन्त्री केपि ओलि र शिक्षामन्त्री गिरिराजमणि पोखरेल सम्म पुर्याउन सहयोग गरिदिनु।

तपाइँको शुभेच्छुक
अनसनरत हेम राज थापा
माइतीघर मन्डला काठमाडौ ।

प्रतिकृया

प्रतिकृया