छोटेलाल रौनियार, सेयर विश्लेषक


सरकारले श्वतपत्र जारी गरिसकेपछि सेयर बजारमा पहिरो गएको छ । श्वतपत्रमार्फत् सेयर बजारमा सम्बोधन हुने आशामा बसेका व्यवसायी र लगानीकर्ताहरु निराश भए । हिजो मात्रै सेयर बजारमा दोहोरो अंकले मूल्य घटेको छ । श्वतपत्रमा सेयर बजारलाई सम्बोधन भएको छैन । सेयर बजार सतही भएको, पारदर्शी नभएको श्वतपत्रमा उल्लेख थियो । डिकुटी नै रित्तो रहेको श्वतपत्रमा उल्लेख भएपछि सेयर बजार ओरालो लागेको हो । यसै विषयमा  सेयर विश्लेषक छोटेलाल रौनियारसँग गरेको कुराकानी–

० अर्थमन्त्रीले जारी गरेको श्वतपत्र र सेयर बजार सम्बन्धित हुन् ?
– केही सम्बन्ध त छ, किनभने पूँजी बजारमा लगानीकर्ताले श्वतपत्रमार्फत् सरकारको प्रतिबद्धता आउला भन्ने आशा गरेका थिए । प्रत्यक्ष रुपमा आउनुपर्ने अप्रत्यक्ष रुपमा आएकाले धेरै लगानीकर्ताले बुझेनन् । श्वतपत्रमा सकरात्मक कुराहरु पनि छन् । अर्थमन्त्री युवराज खतिवडाले सकरात्मक कुरा दिएता पनि कन्जुस्याइ गरेजस्तो देखिएको छ । दिल खोलेर सकरात्मक कुरा श्वतपत्रमा उल्लेख गरिदिएको भए पूँजी बजारमा राम्रो म्यासेज जान्थ्यो ।

० सकरात्मक कुरा के छ ?
– राष्ट्र बैंकमार्फत बैंकहरुलाई अधिकार दिइएको छ । बैंकहरुले विदेशबाट करिब एक खर्ब रुपैयाँ ल्याएर तरलता हटाउने, त्यो पैसा सस्तो ब्याजमा उद्योगधन्दाहरुलाई ऋण दिने । ब्याजदर सस्तो भयो भने पूँजी बजारलाई पनि सहुलियत हुने थियो । धेरै सकरात्मक कुराहरु छन्, यसले दीर्घकालमा पूँजी बजारमा राम्रो प्रभाव पार्छ ।
श्वतपत्रमा अर्थमन्त्रीले पूँजी बजार संकुचित भयो भन्नुभएको छ । बैंकिङ र फाइनान्स सेक्टर बढी छ, हाइड्रो, होटल क्षेत्र पनि छ । उत्पादनमूलक क्षेत्रमा लगानी छैन । यी उद्योगहरुलाई पूँजी बजारसँग जोड्नुपर्छ ।

० सेयरको मूल्य घटना कति लगानीकर्ता नोक्सानीमा परे ?
– पूँजी बजारमा ३० लाख लगानीकर्ता छन् । कृषि विकास बैंकमा २ लाख लगानीकर्ता छन्, ग्लोबल आईएमइ बैकमा २ लाख लगानीकर्ता र नेपाल बंगलादेश बैंकमा ९० हजार लगानीकर्ता छन् । डिम्याटको मात्र ११ लाख लगानीकर्ता छन् । सेयरको मूल्य घट्दा ३० लाख लगानीकर्ता प्रभावित हुन्छन् । २१ खर्बको पूँजी बजार अहिले घटेर १३ खर्बमा आइसक्यो । झन्डै ८ खर्ब रुपैयाँ नेपाली लगानीकर्ताको नोक्सानी भयो । यो भनेको पूँजी बजारलाई ठूलो धक्का हो । त्यसो त कांग्रेसको सरकार हुँदा यो झर्न थालेको थियो ।

प्रतिकृया

प्रतिकृया