-धिरज निष्पक्ष


प्रधानमन्त्री खड्गप्रसाद शर्मा (ओली) भारतको तीनदिने राजकीय भ्रमणका लागि शुक्रबार काठमाण्डौबाट नयाँदिल्लीतर्फ प्रस्थान गरे । प्रधानमन्त्री ओलीले नयाँदिल्लीमा रहँदा अहिले उच्चस्तरीय भेटवार्तामा व्यस्त छन् । यसअघिका नेपालका प्रधानमन्त्रीको भारत भ्रमणहरु केहीबाहेक परम्परागत औपचारिकजस्तै देखिएपनि यो पटक प्रधानमन्त्रीलेको भ्रमणले नेपाल–भारत सम्बन्धमा देखिनेगरी नै सुधार हुने विश्लेषकहरुले दाबी गरेका छन् ।

दोस्रोपल्ट प्रधानमन्त्री भएका ओलीको भारत भ्रमणलाई भारतले अलि बढी चासो र महत्वका साथ लिएको झकिन्छ । नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तरराष्ट्रीय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् ।

जबकि भारतपरस्त भनेर चिनिदैंआएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भारतले विमानस्थलमा लिन एक सामान्य अधिकृत कर्मचारीलाई पठाएको थियो । यद्यपि, वामगठबन्धनसहित दुईतिहाईभन्दा बढी मतको बलियो सरकारका प्रधानमन्त्रीको भ्रमणमा भारतीय प्रधानमन्त्री मोदी स्वयम्ले विमानस्थलमा स्वागत गर्नसक्ने आशयलाई भारतीय प्रधानमन्त्री मोदीले काटिदिएका छन् ।

तर, प्रधानमन्त्री ओलीलाई यसपटक भारतले सकेजति महत्त्व दिएको छ । यसले पछिल्लोसमय नेपाल(भारत सम्बन्धको सम्वेदनशिलतामा भारत सचेत रहेको प्रष्टीन्छ । त्यसैगरी, भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोलीले नेपाली भाषामै प्रधानमन्त्री ओलीलाई स्वागत गर्दै ट्विट गरे । उनले नेपाल(भारत सम्बन्धमा आफू पूर्ण इच्छुक भएको सङ्केत गरेका हुन् । प्रधानमन्त्री ओलीलाई भारतको राष्ट्रपति भवनमा राजकीय पाहुनाको रुपमा आथित्यता ग्रहण गराईको छ ।

प्रधानमन्त्री ओलीले भारत भ्रमणको पूर्वसन्ध्यामा पूर्वप्रधानमन्त्रीहरुलाई बोलाईएको छलफलमा पूर्वप्रधानमन्त्री एवम् नयाँशक्तिका संयोजक डा. बाबुराम भट्टराईले नेपाल–भारत सम्बन्ध सुधारका बारेमा १० बुँदे सुझाव सुझाएका थिए ।
उनले परिवर्तित समयमा भ्रमणले नेपाल–भारत सम्बन्धमा सकारात्मक प्रभाव पर्ने विश्वास औंल्याएका छन् ।

‘नेपाल–भारत सम्बन्धबारे भारतीय पक्षले परिवर्तित सन्दर्भ अनुरूप आफ्ना धारणा र व्यवहार परिमार्जित गर्ने आशा समेत राखिएको हुँदा तपाईँको भ्रमण सार्थक हुने विश्वास व्यक्त गर्दछु,ु भनेका छन् ।

उनले भ्रमणलाई दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धमा थप विश्वास र सद्भावको अभिवृद्वि गर्न, नेपालको आर्थिक हित र समृद्धिको पक्षमा सार्थक परिणाम हासिल गर्न भ्रमणका उच्च भेटवार्ताहरुमा ध्यान दिन सुझाव दिएका छन् ।

साथै, भारत भ्रमणका बेला दुई देशबीच भएको १९५० को शान्ति तथा मैत्री सन्धिलाई पुनरावलोकनका लागि गठित नेपाल(भारत प्रवुद्ध समूहको म्याद ६ महिना थप गर्नसमेत सुझाव दिएका छन् । त्यसैगरी, कोशी जहाज ल्याउने विषयमा सुझाव दिएका छन् ।

‘प्रस्तावित कोशी उच्च बाँधको सन्दर्भमा भारतसँग र आवश्यकता परे बंगलादेशसँगसमेत सहकार्य गरी कलकत्तादेखि कोशीको चतरासम्म फिडर जहाज ल्याउन सकिने सम्भावनाको अध्ययन सुरु गर्न आवश्यक छ,’ भट्टराईले भनेका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार नै भारतीय राष्ट्रपति रामनाथ कोविन्द तथा उप(राष्ट्रपति एम वैंकया नायडुसँग शिष्टाचार भेट गरेका छन् । त्यसलगत्तै प्रधानमन्त्री ओलीले समकक्षी मोदीसँग द्विपक्षीय भेट गरेपनि औपचारिक भेटवार्ता भने, शनिबार भएको छ । ओली–मोदीको भेटवार्ता शनिबार गर्ने कार्यक्रम तय भएपनि दुबै समकक्षीले एक(अर्काप्रतिको महत्व दर्शाउँदै शनिबार नै ुवान टु वानु छोटो भेटवार्ता गरेका छन् ।

दुबै देशका प्रधानमन्त्रीले असल छिमेकीको रुपमा प्रस्तुत गर्ने प्रयत्न गरेको पत्रकार सम्मेलनमा देखिन्थ्यो । उनीहरुले वीरगञ्जमा भारतीय सहयोगमा बनेको एकीकृत चेक पोष्ट (आइसीपी) को संयुक्त रुपमा दिल्लीबाट स्वीच थिचेर उद्घाटन गरे । त्यसैगरी काठमाण्डौसम्मको रेल तथा जलमार्गजस्ता विषयमा समझदारी भएको छ ।

प्रधानमन्त्री ओलीको भ्रमणको तेस्रो तथा अन्तिम दिन आईतबार नेपालसँग सीमा जोडिएको भारतको राज्य उत्तराखण्डमा पुग्ने छन् । उत्तराखण्डको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयमा आयोजना हुने विशेष दीक्षान्त समारोहमा सहभागी हुने छन् ।

विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधी (डिग्री अफ डक्टर अफ साइन्स) प्रदान गर्ने कार्यक्रम रहेको छ । नेपाल(भारत सम्बन्धलाई रिझाउन र नयाँशिराबाट उठाउन भारतको तर्फबाट भारतले भरसुक प्रयास गरेको देखिन्छ । उसले सम्बन्ध सुधारमा कुनै कसुर बाँकी राखेको देखिन्न ।

प्रतिकृया

प्रतिकृया