राज ढुंगाना


राजधानीबाट नजिकै रहेको धादिङको दोस्रो नगरपालिका धुनिवेशी नगरपालिका यतिबेला ईटा भट्टाकै कारण प्रख्यात छ । केही समय अघि केही सिमेन्ट उद्योगका कारण चर्चामा रहेको यो नगरपालिका अहिले दहचोकबाट बसाई सरेर आएको कारण चर्चामा छ । नगपालिका हुनुभन्दा अघिदेखि नै यो क्षेत्र ईट्टाभट्टा,सिमेन्ट,औषधी र ग्यास उद्योगका कारण चर्चामा छ । जनप्रतिनिधि आउनुभन्दा अघि सर्वदलिय सहमतमिा यस्तो उद्योगहरु जहाँ जसको पावर र शक्ति छ त्यहाँ राख्न उद्यत थियो । केही मिटर धुलेबाटोको लोभमा कहीँ ग्यास उद्योग घरको आँगनमा राख्न दिईयो त कहीँ बर्षभरी रोपनीको बिस हजार रुपैया दुख नगरी आउने पैसाका लोभमा ईट्टाभट्टा राख्न दिईयो, कहीँ एक दुई जनालाई जागिर लगाईदिने लोभमा औषधी उद्योग राख्न सर्वदलिय सहमती भयो । यहाँ यो पङ्तीकारले उद्योग आफ्नो ठाँउमा आयो भनेर विरोध गर्न खोजेको होईन्, औद्योगिकरण तर्फ नलागी मुलुकको सम्बृद्धी सम्भव छैन भन्ने सत्यलाई पङतीकारले अस्विकार गरेको पनि हैन । तर जुन किसिमले धुनिवेशी नगरपालिका सहित राजमार्गका भुभागहरुमा अस्तव्यस्त तरिकाले उद्योग स्थापना भएका छन । त्यसले भविष्यमा पर्नसक्ने गम्भिर संकटलाई ध्यानाकर्षण गर्न मात्रै खोजिएको हो ।

ग्याँस उद्योग बस्तीको विचमा सपनाले अत्याउछ

केही बर्ष अघि ग्याँस उद्योग राख्न माग गर्दै स्थानियहरु विच नै ठुलो झगडा भएको थियो । कति समयसम्म त स्थानियहरुको बोलचाल नै बन्द भयो केही मिटर सडकको लोभमा बनाइएका कतिपय उद्योगका मालिकहरु अहिले स्थानियलाई भेट्न त परे जाओस् उनिहरुको समस्या सुन्न फोन उठाउन पनि तयार छैनन् । स्थानिय अहिले दिनमा ग्याँस उद्योगको पानीपोखरी हेर्दै सुस्केरा हाल्छन भने सपनामा विरगञ्ज ग्याँस उद्योगमा लागेको आगो र त्यसले पुर्याएको क्षती सम्झेर झस्कन्छन । यसले बस्ती नजिकको ग्याँस उद्योग कति असुरक्षित छ भन्ने कुराको प्रष्ट हुन्छ भने राजमार्गबाट केही मिटरको दुरीमा मात्रै रहेको ग्याँस उद्योगले बस्ती भित्र कतिको मन पोलाईरहेको छ भन्ने कल्पना पनि गर्न सकिने अवस्था छैन । बस्तीको विचमा ग्याँस उद्योग राखेर न त स्थानियले यसको सम्भावित जोखिमबारे बोलेका छन् न त जनप्रतिनिधिले नै यसलाई स्थानिय सरकार मातहत राखेर नियमित अनुगमन गरेका छन । उद्योग त आयो तर उद्योगले त्यस क्षेत्रको दिगो विकासको लागी लडेको लोटा समेत उठाएको छैन । भने उद्योगीहरु उल्टै स्थानियसंग टाढामात्रै हुन खोज्दैछन । धुनिवेशी नगरपालिकामा मात्रै तिन ग्याँस उद्योग सञ्चालनमा छ त्यो पनि सबै बस्तीको बिचमा अहिले अर्को ग्यास उद्योग निर्माणाधिन रहेको छ । यता थाक्रेमा पनि झण्डै आधा दर्जनको संख्यामा ग्याँस उद्योग सञ्चालनमा छ भने केही निर्माणधिन अवस्थामा छन । यीनिहरुपनि राजमार्गबाट केही मिटरको दुरीमा छन भने अधिकांश बस्तीसंगै जोडिएर रहेका छन ।

ईट्टा भट्टा र सिमेन्ट उद्योगले मच्चाएको त्रास

  

केहीबर्ष अघि यहाँका किसानहरु विहानै थप्लोमा भारी बोकेर धार्के बजारमा हरियो तरकारी पुर्याउथे । कोही ट्याक्टरमा क्विन्टलको क्विन्टल तरकारी ओसार्थे तर समय बदलियो अहिले यहाँ मान्छे होईन खच्चडले खालका खाल ईट्टा ओसार्छन । झिसमिसेमा चारैतिर हरियो देखिने यो ठाँउमा अहिले विहान आँखा मिच्दै पारी गाँउ नदेखिने गरी धुँवाको मुस्लो हेर्न बाध्य छन । तर यसको कारण उनिहरु आफै हुन । बर्षभरी एक रोपनी जग्गामा ईट्टाभट्टा चलाउन दिएर २० हजार थाप्न पाएकै कारण यहाँका बासिन्दा आनन्द मानेर बसिरहेका छन् । जवकी यो ठाँउमा सबै पुगेकै छ जसरी । यसकै फाईदा उठाउदै यहाँ सञ्चालनमा रहेका झण्डै पाँच दर्जनको संख्यामा रहेका ईट्टा उद्योगी हरु दिन प्रतिदिन अव्यवस्थित र असहज तरिकाले ईट्टाभट्टा थप्न उद्यत छन । न बातावरणिय जोखिम हेरिन्छ न स्थानिय संरचना हेरिन्छ मात्रै हेरिन्छ त तत्कालिन सुखसयल र नाफा । धुनिवेशी नगर देखि देखि गल्छी गाँउपालिका सम्म दर्जनौ ईट्टाभट्टाले वातावरणिय जोखिमलाई वास्तै गरेका मात्रै छैनन् । स्थानियले माग गरेको सामान्य मुल्यमा ईट्टा सम्म बिक्रि गर्न तयार देखिदैनन् । त्यसको लागि समेत पटकपटक हारगुहार गर्नपर्छ । कतिलाई ईट्टाभट्टाले मालामाल बनाएको छ भने अधिकांशलाई गाँउमै माक्स लगाएर हिड्न बाध्य छन । जथाभावी जमिन कटान,प्लटिङ र उर्वरायुक्त माटोको क्षयीकरणले यहाँको उत्पादन शुन्यतिर उन्मुख छ । भने करौडौको तरकारी निर्यात गर्ने धुनिवेशी अहिले हरियो तरकारी खान पर्यो भने आयात गर्नपर्ने अवस्थामा पुगेको छ ।

सिमेन्ट उद्योगीको पनि मनलाग्दी कम्ती छैन

यता धुनिवेशी नगरपालिकामा मात्रै अहिले २ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन । भने एउटा भने सञ्चालनमा आउन लागेको छ । तर यी तिनैवटा उद्योगले वातावरण प्रदुषणको मापदण्डमा नगएको स्थानियको आरोप छ । उद्योगले उत्पालको क्रममा मुस्लो धुँवा फाल्ने र आसपासमा तरकारी बालीमा समेत रोग लागेर उत्पादनमा गम्भिर असर पुर्याएको किसानहरु नै बताउछन ।

औषधी फ्याक्ट्रीको मनोमानी

सबैभन्दा पहिलो समस्या यतिबेला वातावरणलाई पारेको असर, स्थानियको समस्या र सार्वजनिक सरोकारमा यहाँका उद्योगीहरु सहभागी हुनै मान्दैनन् । कतिपय अवस्थामा त जनप्रतिनिधिलाई समेत नटेरेको गुनासो आईरहेको छ । धुनिवेशीमै रहेको दुईओटा औषधी उद्योगले फ्याँकेको फोहोरकै कारण सर्वसाधरण समस्यामा छन । उद्योगमा सामान्य कर्मचारी पनि बाहिरको राखेको. गुनासो यहाँका स्थानियले गर्दै आईरहेका छन । रसायनयुक्त काम नलाग्ने औषधी नजिकैको खोलानालामा फ्याक्ने र अस्तव्यस्त पारेर खुल्ला राखेकै कारण दिनप्रतिदिन प्रदुषण बढ्दै गएको छ ।

जनप्रतिनिधिलाई उद्योगीले नटेरेपछि उब्जाएको शंका

यतिबेला स्थानिय तहमा जनताद्धारा निर्वाचित अधिकार सम्पन्न सरकार छ । तर राजमार्ग तहमा रहेका स्थानिय सरकारलाई उद्यागीले नटेरेको आभास यहाँको जनताले गर्न थालेका छन । स्थानिय निरन्तर गुनासो गर्ने तर जनप्रतिनिधिले समस्या समाधान गर्न नसक्ने यस्तो अवस्था छ, स्थानिय सरकारको । एक त कर्मचारीको अभाव अहिलेसम्म पनि जहाँको तहीँ छ । स्थानिय सरकार गठन भएको झण्डै एकबर्ष पुग्दा समेत उनिहरुले सरकारको सामान्य आभास पनि गराउन सकेका छैनन् । धुनिवेशी नगरपालिकासंग कति उद्योग छन भन्ने तथ्याङक समेत छैन भन्छन नगरप्रमुख बालकृष्ण आचार्य । घरेलु तथा साना उद्योग विभागबाट दर्ता भएका उद्योग कति छन डाटा आएको छैन्, ठुला उद्योग पनि कति र कहाँबाट दर्ता छन भन्ने तथ्याङ्क आएको छैन आचार्य भन्छन– हामीले अव सबै उद्यागीलाई चैत्र मसान्त सम्म कहाँ,के के मापदण्ड पुृरा गरेर दर्ता भएको हो भन्ने सम्पुर्ण विवरण मागेका छौँ तर अहिलेसम्म कोही पनि आएका छैनन् हामी चैत्रसम्म पर्खन्छौ तर उनिहरु आएनन् भने उनिहरुको अनुगमन गर्न बैशाखमा हामी आफै जान्छौ । नगरप्रमुख आचार्यले नगरमा कर्मचारीको अभावले पनि यो काम गर्न ढिलाई भईरहेको बताए । धुनिवेशीमा झण्डै पाँच दर्जन ईट्टा उद्योग रहेको बताइएको छ । यता थाक्रे राजमार्गसंगै जोडिएको थाक्रे गाँउपालिकाले भर्खरमात्रै उद्योग तथा व्यवसाय दर्ताको लागी मोबाईल टोली खटाएको गाँउपालिका प्रमुख रामकुमार आचार्य बताउछन । थाक्रे गाँउपालिकाले पनि ठुला र साना उद्योग गाँउपालिकामा कति छन भन्ने यकिन तथ्याङक निकालेको छैन् । धुनिवेशीमा जस्तै थाक्रेमा पनि मापदण्ड विपरित दर्जनौ ईट्टाभट्टा सञ्चालनमा छन । प्राय उद्योगले वातावरणिय मुल्याङकन प्रभावको अध्ययन गरेका छैनन् । जसको कारण बस्तीको नजिक, विद्यालय आसपास र जनघनत्व भएकै ठाँउमा अव्यवस्थित र असहज किसिमले फैलिएको औद्योगिकरणले भोलीको दिनमा ठुलो मुल्य चुकाउन पर्ने स्थिती आउन सक्छ । प्राय स्थानिय सरकार ग्रिनसिटी अवधारणामा जाँखै गर्दा हाम्रो नगर तथा गाँउपालिकाहरु भने धुँवा तथा धुलो सिटीमा परिणत हुने हो की भन्ने चिन्ताले सताएको छ ।

प्रतिकृया

प्रतिकृया