धीरज निष्पक्ष
२९ चैत्र, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा (ओली) ले नेपाल–भारत सम्बन्धमा नेपालको व्यापारघाटा न्यूनिकरण गर्नुपर्ने बताएका छन् । उनले आफू यस विषयमा चिन्तनशील रहको बताउँदै नेपाल–भारत सम्बन्धमा भएको प्रगतिबाट नेपालले लाभ लिनसक्नुपर्ने औंल्याएका हुन् । बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५२ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भारत भ्रमण नितान्त रुपमा व्यापार घाटा न्यूनिकरण गर्न केन्द्रित रहेको दाबीसमेत गरेका छन् ।

बुधबार सम्पन्न महासङ्घको वार्षिक साधारणसभामा प्रधानमन्त्री ओलीले भने, ‘हरेक विदेश भ्रमणमा मैले व्यापार घाटा न्यूनिकरण गर्न कुरा गर्ने गरेको छु । छिमेकी देशले पनि यसबारे चासोका साथ हेरेका छन् ।’

उनले भने, ‘तत्काल सर्भे गरौं भन्ने कुरा आएको छ, तत्काल नदीको बाटोबाट सामान ल्याऔं, रेलमार्ग प्रयोग गरौं ।’ प्रधानमन्त्री ओलीले आयात बढाउन नभएर नेपालले निर्यात बढाउन काठमाण्डौ–रक्सौल रेल बनाउन सम्झौता गरेको दाबी गरे ।

नेपालको आयात निर्यात अनुपात ९५ प्रतिशत रहेको भन्र्दै प्रधानमन्त्री ओलीले ‘यो व्यापार होईन, किन्ने बजार हो । यही पछौटेपनले हामीलाई दुःख दिएको छ ।’ उनले अगाडि भने, ‘२०२२ भित्र नेपाल विकासशील राष्ट्रको सूचीमा उक्लन सङ्घर्ष गर्दै छ । यति नभए हामीबाट कुनै देश पनि प्रभावित हुन्न ।’

प्रधानमन्त्रीले ओलीले ‘रेलबाट सामान आयात मात्र गर्ने हैन, हामीले निर्यात गर्नका लागि रेलमार्ग प्रयोग गर्ने हो, रेल ल्याउने काम तत्काल शुरु हुन्छ ।’ उनले भने ।

साथै, ओलीले भने, ‘तर, भरिएर नेपाल आएको रेल फर्कँदा रित्तैचाहिँ हुनुभएन । उताबाट ल्याएको भन्दा धेरै सामान लिएर फर्किनुपर्यो ।’

प्रधानमन्त्री ओलीले नेपालको आर्थिक विकास र भारतसँगको सम्बन्धको कडी रक्सौल–काठमाण्डौ रेलमार्ग हुनसक्ने सङ्केत गरेका छन् ।

नेपाल-भारत सम्बन्धमा रेलमार्गको रणनीतिः
प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने भारत भ्रमणका क्रममा दुई देशबीच रक्सौल–काठमाडौ रेलमार्ग निर्माणमा सहमति भएको छ । यसले दुई मुलुकको बीचमा रहेको सम्बन्धलाई अझ दह्रोसँग जोड्न भूमिका खेल्ने देखिन्छ । नेपाल–भारत सम्बन्धलाई एउटै लिकले जोड्ने आयामको रुपमा समेत हेर्न सकिन्छ ।

प्रधानमन्त्रीको भारत भ्रमणणको क्रममा भारतको आर्थिक सहयोगमा एक वर्षभित्र प्रारम्भिक अध्ययन सकेर निर्माण थाल्नका लागि दुई देशका सम्बन्धित निकायबीच छलफल अगाडि बढाउने सहमति भएको छ ।

पहिलोपटक प्रधानमन्त्री बनेदेखि नै नेपाली समाजमा विभिन्न भौतिक संरचना र सुविधा उपलब्ध गराउने बाचा र सपना देखाएको प्रधानमन्त्री ओलीको प्रमुख सपना रेलमार्ग नै थियो । यही सपना देखाएर वाम गठबन्धनले दुईतिहाईभन्दा बढी मतले चुनावसमेत जित्यो । बामगठबन्धन अन्तर्गतका दुई ठूला पार्टी एमाले र माओवादी केन्द्र एकताको अन्तिम गृहकार्यमा जुटिरहेका बेला सरकारको कार्यक्रममा सुझाव दिनका लागि भन्दै एमाले उपाध्यक्ष वामदेव गौतमको नेतृत्वको गठबन्धिन कार्यदलले रेल सपनालाई सुझावमा समेटेको छ ।

गौतम नेतृत्वको कार्यदलले पूर्व–पश्चिमसँगै उत्तर–दक्षिण जोड्ने रेलमार्गहरूको निर्माण ५ देखि १० वर्षभित्र सम्पन्न गर्ने योजनाको खाकासहितको सुझाव दिएको छ ।

चुनावअघिको घोषणा–पत्रमा उल्लेख भए अनुसारकै रेल ल्याउन प्रधानमन्त्री ओलीले छिमेकी मुलुकको मुख ताक्नुपर्ने भयो । र, उनी यसलाई सार्थकता दिन भारत भ्रमणको क्रममा भारतसँग सहयोगको याचना गरे । नेपाल–भारत सम्बन्धले थप प्रगाढता पाउन रक्सौल–काठमाण्डौ इलेक्ट्रिफाइड रेलमार्गको लिकले जोड्ने प्रधानमन्त्रीको ओलीको ठम्याईले सार्थकता पायो । त्यसमा भारत पनि सहमत भयो र संयुक्त सहमति सम्भव हुन पुग्यो ।

भारतले पनि नेपाल–भारतबीचको प्राचीनम सम्बन्धलाई भत्काउन नहुने आशय देखाएको छ । नेपाललाई पनि भारततिय रेलको नेटवर्कमा मिसाउन उ सहमत भएको छ । नेपालमा रेल विस्तार विकासमा आर्थिक पक्ष भारतले नै व्यहोनु परे पनि नेपालँगको सम्बन्धलाई नयाँ उचाईबाट कायम राख्नुपर्ने भारतीय संस्थापनको बुझाई छ । यद्यपि यसमा केही राजनीतिक स्वार्थपनि नगाँसिएको भने छैन । सन् २००८ मा नै प्रस्ताव भएको रक्सौल–काठमाण्डौ रेलमार्गको विषय ओझेलमा रहँदै आएकोमा हाल एक्कासी प्रधानमन्त्री ओलीको भारत भ्रमणको क्रममा यो विषयले मूर्तरुप लिएको देखिन्छ । साथै, रक्सौल–काठमाण्डौ रेल निमार्णसँगै नेपालमा भारतीय सामाग्री आयातमा लागत घट्ने र व्यापार बढ्ने भारतीय विश्लेषण रहँदै आएको छ ।

रक्सौल–काठमाण्डौ रेलमार्गसम्बन्धी टेलिग्राफ इन्डियाले सन् २००८ मा अप्रिल १३ मा भारतको राज्य बिहारको रक्सौल र नेपालको मुख्यनाका वीरगञ्जलाई जोड्ने रेलमार्गलाई राजधानी काठमाण्डौसम्म लैजान रेल इन्डिया टेक्निकल एन्ड इकोनोमिक्स सर्भिस (रिट्स)लाई अध्ययनको लागि जिम्मा दिइएको समाचार प्रकाशित गरेको थियो ।

समाचारको पुष्टिस्वरुप रिट्सले सन् २००८ मै दरबङ्गा जयनगर–जनकपुर बर्दिवास रेलमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको थियो । सोहीअनुसार जनकुपर जयनगर रेलमार्ग तयार भर्इसकेको छ ।
नेपाल–भारतबीचको सम्बन्ध नवीकरणसँगै नेपाललाई रेल ल्याउने मामिलामा फाईदा हुने देखिएको छ ।

तसर्थ, नेपालले भारत सगको सम्बबन्ध बाट फाइदा लिन चुक्नु हुँदैन ।

प्रतिकृया

प्रतिकृया