२ बैशाख,काठमाडौँ । मलेसियामा रहेका नेपालीले केट काटेर नयाँ वर्ष मनाएका छन् । एनआरएनए मलेसियाले आयोजना गरेको नयाँ वर्ष शुभकामना साँझमा नेपालीले केक काटेर नयाँ वर्ष मनाएका हुन ।

कार्यक्रममा मलेसियास्थित नेपाली दूतावासका प्रतिनिधिको पनि उपस्थिती थियो । नयाँ वर्षको शुभकामना दिँदै दूतावासका प्रेमराज गौतमले नयाँ वर्षले मलेसियामा रहेका नेपालीलाई झनै एकतामा ल्याउन सहयोग गरेको बताए ।

कार्यक्रममा नेपाली गीत तथा नृत्यको पनि प्रस्तुति पनि थियो । नेपाली नयाँ वर्ष मनाउन स्थानीय नागरिकको पनि उपस्थिती थियो ।

प्रतिकृया

प्रतिकृया