३ बैशाख,काठमाडौँ । काठमाडौंको बसुन्धरा नजिकै एक महिलाको हत्या भएको छ ।

टोखा नगरपालिकामा अन्दाजी ३५ वर्षीया महिलाको गएराति साढे ९ र १० बजेतिर शव भेटिएको प्रहरीले जनाएको छ । ज्यान गुमाउने महिलाको पहिचान हुन सकेको छैन ।

उनको शरीरमा चोट लागेकाले हत्या भएको हुन सक्ने आशंका गरिएको छ । घटनाको छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया