४ बैशाख,काठमाडौँ । क्युवाको सरकारले नयाँ राष्ट्रपति चयनका लागि संसदको बैठक आह्वान गर्ने निर्णय गरेको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार यही अप्रिल १८ गतेदेखि बस्नेगरी संसद बैठक बोलाइएकोे छ ।

गणतन्त्र क्युवाको राज्यपरिषद्ले जनताको शक्तिको रूपमा जनताद्वारा निर्वाचित संसदलाई स्थापित गर्न सहमति दिएको छ । क्युवाको आधिकारिक रेडियो रेलोजले हवानामा रहेको सम्मेलन भवनमा संसदको बैठक बस्ने समाचार प्रसारण गरेको छ ।
नयाँ संसदको बैठकसँगै मुलुक नयाँ चरणमा प्रवेश गर्नेछ ।

लामो समयदेखि क्याष्ट्रो परिवारले नेतृत्व गरेको क्युवाको नेतृत्व अव फरक तरिकाले हुने भएको छ । नयाँ राष्ट्रपति चयन भएसँगै वर्तमान राष्ट्रपति राहुल क्याष्ट्रो शासन सत्ताबाट बाहिरिनुहुने छ ।

प्रतिकृया

प्रतिकृया