४ बैशाख,महोत्तरी । कर्मचारी, बजेट र पाठ्यपुस्तक अभावमा विद्यार्थी भर्ना अभियान प्रभावित हुने भएको छ । जिल्लाका स्थानीय तहका प्रमुखहरुले पाठ्यपुस्तक नआएको र कर्मचारी अभावमा बजेट ल्याउन नसक्दा भर्ना अभियान सञ्चालन गर्न समस्या भएको जानकारी दिएका छन् ।

लोहारपट्टी नगरपालिकाका मेयर शैलेन्द्र यादवले कार्यालयमा लेखापाल र प्रशासकीय अधिकृत नै नरहेकोले ३७ करोड बजेटसँगै विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न समस्या भएको बताए ।

भंगहा नगरापालिकाका नगर प्रमुख संजिव साहले विद्यालयको कक्षा कोठामा फनिर्चर नहुँदा विद्यार्थी भूइँमा बसेर पढ्न बाध्य भएकोले थप विद्यार्थी विद्यालय भर्ना गर्न समेत समस्या भएको बताए ।

प्रतिकृया

प्रतिकृया