४ बैशाख,सोलुखुम्बु । दुधकोशी गाउँपालिका ७ मा चट्याङका कारण स्थानीय ३८ वर्षीय सिताराम राईको ज्यान गएको छ। चट्याङले लागेर खेतमा काम गर्दै गरेका राईको घटनास्थलमै ज्यान गएको प्रहरी चौकी नेलेले जनाएको छ।

त्यस्तै, खोटाङको दिक्तेल रुपाकोट–मझुवागढी नगरपालिका ४ खाल्ले बस्ने पुण्यबहादुर कटुवालको ४ वर्षीय छोरा प्रेमबहादुर कटुवाल र ओखलढुङा गाम्नाङटार–९ घर भएका सशस्त्र प्रहरी बल हलेसी गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान युवराज विश्वकर्मा चट्याङ लागेर घाइते भएका छन् ।

प्रतिकृया

प्रतिकृया