४ बैशाख,रुकुम । सवारी दुर्घटनामा चौरजहारी नगरपालिकाका मेयरसहित ७ जना घाइते भएका छन् ।

चौरजहारी नगरपालिका ५ को आबी लहरे सिमलमा रहेको विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गर्न गएकाहरु चढेको भे १ ज २४३ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा चौरजहारी नगरपालिकाका मेयर विशाल शर्मा, वडा नम्बर – ३ का लेखापाल लोकेन्द्र परियार, पार्वती न्यौपाने, तेजबहादुर बटाला, भरत शर्मालगायत रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको चौरजहारी अस्पत्तालमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया