-धिरज निष्पक्ष

सामाजिक सञ्जालदेखि चिया चौतारोसम्म कुनै बेला भाईरलबाट दाईरल भएको थियो, माओवादी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’को चरित्र । त्यसताका सामाजिक सञ्जालमा छाएको थियो, ‘प्रचण्ड बाठा रहेछन्, गर्मीमा शीतलताको लागि रुख रोजे, जाडोमा न्यानोको लागि सूर्य ।’

यो भनाई त्यही सामाजिक सञ्जाल र चिया चौतारोको हो । जसको पुष्टि स्थानीय तहको बैशाख ३१, आषाढ १४ र आश्विन ०२ मा भएको निर्वाचनमा कांग्रेससँग तालमेल गरेको माओवादीले एकाएक प्रतिनिधि र प्रदेशसभाको माघ १० र २१ गते सम्पन्न निर्वाचनमा भने एमालेसँग तालमेल गर्न पुगेको थियो । कहिले कता, कहिले कता ढल्किएको ‘दोधारे चरित्र’लाई माओवादीलाई अध्यक्ष प्रचण्डको शब्द सापटी लिएर प्रयोग गर्ने हो भने, त्यो ‘डायनामिक’ अवस्था हो ।

स्थानीय तहको निर्वाचनमा माओवादीले कांग्रेससँग तालमेल गरेपछि २ नम्बर प्रदेशमा एमालेको लज्जास्पद नजिता आएलगत्तै आत्तिएका एमाले अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीले माओवादीसँग ६०÷४० मा तालमेल गर्न लम्किए । साथै, निर्वाचनपछि पार्टी नै एकिकरण गर्ने उद्घोष गरे । ‘सबै वाम एकै ठाम’को नारा लगाउँदै चुनावमा होमिएको गठबन्धनले निर्वाचनमा अनुकूलको नजिता निकाल्न सफल भयो ।

के होला त एकिकरण ?

चुनावलगत्तै पार्टी एकिकरणमा खासै चासो नदिएको एमाले पछिल्लो चरणमा एकता गर्नुपर्ने मनसायका साथ लागिपरेको छ । तर, स्थिति ब्ल्याक एण्ड वाईटको अवस्था पुगेको छ । चुनावलगत्तै पार्टी एकताको कसी लगाउँदै आएको नेकपा माओवादी केन्द्र पछिल्लोसमय एकिकरण प्रकृयाबाट पछि हट्न खोजेको सङ्केत देखाएको छ ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणको पूर्वसन्ध्यासम्म पनि ७०÷३० को आधारमा पार्टी एकिकरण गर्न सहमत भएका माओवादी केन्द्र अध्यक्ष प्रचण्डको अडान ५०÷५० मा पुगेको छ । चैत्र १६ गतेसम्म दहालले प्रधानमन्त्रीको भारत भ्रमणअघि नै ७०÷३० पार्टी एकता गर्न सहमत भएका थिए । तर, पछिल्लोसमय दहालको अडान २० प्रतिशतले बढेको देखिन्छ ।

‘एकीकरणपश्चातः सङ्गठनमा ५० प्रतिशत+ स्थान नपाएसम्म पार्टी एकीकरण हुँदै–हुँदैन,’ दहालले भनेका छन् । उनको यही भनाईबाट पनि पार्टी एकता अन्योलमा परेको स्पष्ट हुन्छ । साथै, पार्टी एकता संयोजन समितिको बैठकसमेत बस्न सकेको छैन । यद्यपि, लेनिन दिवस र नेपालमा पुष्पलाल श्रेष्ठ नेतृत्वमा पहिलोपटक कम्युनिष्ट स्थापना दिवसको दिन बैशाख ०९ गते पार्टी एकता हुने रटान भने कायम नै छ ।

दुबै दलबीच अविश्वास बढिरहेको अवस्थामा आगामी बैशाख ०९ मा गर्ने भनिएको पार्टी एकताको औपचारिक घोषणा तत्कालका लागि टरेको एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी नेता मणि थापाले बताएका छन् ।

पार्टी एकिकरण नहुने पक्ष

१. भारत

एमाले उच्च स्रोतले बताए अनुसार चैत्र १६ गते भारतनिकट मानिने कांग्रेस नेता अमरेशकुमार सिंहले पार्टी एकीकरण नगर्न दबाब दिँदै माओवादी अध्यक्ष दहाललाई फोन गरेका थिए, सिंहको दबाबबाट नहच्किएका दहाललाई त्यसै दिन नेपालका लागि पूर्वराजदूत रञ्जीत रेले पनि दबाब दिएका थिए । यी दुई जनाले फोन गरेर दबाब दिएपनि त्यसलाई मिनिमाईज गरेका माओवादी अध्यक्ष पुष्पकमल दहाललाई चैत्र २१ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सूरक्षा सल्लाहकार अजीत डोवलले फोन गरेका थिए ।

डोवलको फोनपछि दहाल एकाएक पार्टी एकिकरणमा पुनर्विचारमा लागेको स्रोतको दाबी छ । डोवलले दहाललाई माओवादीले पनि सरकारको नेतृत्व गर्नसक्ने आशय गरेका थिए, उनले मधेसी दल र कांग्रेसलाई मिलाएर माओवादी नेतृत्वमा सरकार गठन हुनसक्ने विचार सुझाएको बताईएको छ । साथै, एमालेसँग ७०/३० मा एकिकरण गर्दा पार्टी विलय भएको सन्देश जाने र भोली फ्ट्नुपर्ने अवस्थामा पनि ४० प्रतिशत चाहिने हुँदा, नहतारिन सुझाएको बताईन्छ । त्यसपछि प्रचण्डले ५० प्रतिशतको कडा शर्त राखेर अभिव्यक्ति दिएका थिए । यसले भविष्यमा पार्टी फोड्न सकिनेगरी ५० भनेपछि कम्तिमा ४० प्रतिशतको बार्गेनिङ्गको चिप्स सुरक्षित राखेको अनुमान गरिएको छ ।

यद्यपि पछिल्लोसमय माओवादीप्रति नरमनीति अख्तियारी गरेको एमालेले सकेसम्म यही वैशाख ०९ गते नै पार्टी एकिकरण गर्नुपर्ने निष्कर्ष निकालेको छ । बैशाख ३ गते बसेको स्थायी कमिटीको बैठकले एकतालाई बढी महत्वका साथ नेकपा (माओवादी केन्द्र)सँग एकता गर्नुपर्ने निर्णय गरेको हो । दुई पार्टीले गठन गरेका सङ्गठन र वैचारिक कार्यदलले प्रतिवेदन दिर्इसकेको र नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस ९ वैशाखमा एकता गर्न सुझाइएको सन्दर्भमा एमाले स्थायी कमिटी बैठक बसेको हो ।

२. थपिदोँ नयाँ माग

प्रधानमन्त्री ओलीको भारत भ्रमणको पूर्वसन्ध्यासम्म पनि ७०/३० को आधारमा पार्टी एकिकरण गर्न सहमत भएका माओवादी केन्द्र अध्यक्ष प्रचण्डको अडान ५०/५० सँगै मागहरु पनि क्रमिक रुपमा थपिदैँ छ । चुनावमा ६०/४० को भागबण्डाबाट नजितासम्म पुग्दा माओवादी एमालेको साथ पाउँदासमेत ३० प्रतिशमा झरेको छ । यद्यपि पार्टी एकताको मुखमा आईपुग्दा उ ५०/५० हुनुपर्ने दाबी पेश गरेको छ । पछिल्लो कालमा प्रचण्डले एकपछि अर्को, नयाँ र नौला माग राखेर अडान राख्नथालेपछि पार्टीएकता अलमलिएको एमाले नेताहरुले बताएका छन् ।

एमाले नेताका अनुसार प्रचण्डले अडान लिएका पछिल्ला मागहरु यस्ता छन्,

क. एकीकृत पार्टीका अध्यक्षहरुको लागि स्पष्ट कार्यादेश बनाउनुपर्ने

ख. सामूहिक कार्यशैलीमा सरकार सञ्चालन हुनुपर्ने

ग. ५०/५० प्रतिशतको अनुपातमा केन्द्रीय कमिटी गठन हुनुपर्ने

घ. जनयुद्ध र जनआन्दोलनको योगदानलाइ समान मूल्याङ्कनमा राखेर बुझाइमा एकै समझदारी हुनुपर्ने

ङ. चुनावचिह्न हँसिया–हथौडा र सूर्य दुबै हुनुपर्ने

च. अन्तरिम विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्नुपर्ने

३. कांग्रेस

प्रमुख प्रतिपक्षी पनि एमाले र माओवादीबीच पार्टी एकता नहोस् भन्ने पक्षमा छ । बाहिर एकता हुँदा राम्रो हो भनेतापनि भित्रि चाहना भने सकेसम्म एकता प्रकृया भाडियोस् भन्नेमा छ । उद्यपि उसको त्यो प्रतिपक्षी धर्म नै हो । तसर्थ उसले अन्तिम अवस्थासम्म पनि अनेक अस्त्र प्रयोग गरेर यो प्रकृया भाँड्नको लागि लागीरहन्छ । बरु त्यसमा माओवादी नेतृत्व स्वीकार्नु परेपनि उ तयार हुने अवस्थामा छ ।

४. ओली र माधव नेपालको निकटता

विपरीत पार्र्टीकै व्यवहारमा उत्रिएका ओली–नेपाल पछिल्लोसमय निकट भएका छन् । यी दुबै नेताबीच एमालेका तत्कालीन महासचिव स्व। मदनकुमार भण्डारीले अंगिकार गरेको ‘जनताको बहुदलीय जनवाद’मा समान धारणा र एकमत भएपछि उनीहरुबीच निकटता बढेको छ । जुन टाउको दुदाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई परेको छ ।

ओली–नेपालको बीचमा सम्बन्ध फराकिलो बनाएर त्यसमा खेल्ने र आफ्नो स्पेस बनाउनसक्ने सपना देखेका दहालले ओली–नेपालको नजिकिनुलाई आफ्नो एमालेभित्र राजनीतिक भविष्य नभएको देख्न थालेका छन् । उनी अहिले ओलीलाई प्रधानमन्त्रीमा समर्थन गरेतापनि एमालेसँगको एकिकरण पश्चातः केन्द्रीय कमिटीसहित ‘ईलेक्सनबाट होईन, सेलेक्सनबाट अध्यक्ष’मा निर्वाचित हुन चाहन्छन् । उनको त्या आशक्ति लुकेको छैन ।

५. दोश्रोपुस्ताका नेता

भनिन्छ, माओवादी केन्द्र पार्टीभित्र अध्यक्ष जति शक्तिशाली छन्, त्योभन्दा बढी शक्तिशाली दोश्रापुस्ताका नेता वर्षमान पुन लगायतका छन् । अध्यक्ष दाहालतः चल्ने गोटी मात्रै हुन्, चलाउने उनै पुन भएको माओवादी भित्रैका नेताहरु बताउँछन् । पुनको माओवादीभित्र जति दबदबाहा छ, त्यो एकिकरणपछि ठूलो समुहमा हराउनसक्ने आशङ्काले उनी एकिकरणको विपक्षमा देखिन्छ । त्यसैगरी एमालेभित्र पनि यो रोग झन् ठूलो रुपमा व्याप्त छ । एमाले महासचिव ईश्वर पोखरेललगायत दोश्रातहमा नेताहरु एकिकरणपछि आफूहरु हराउनसक्ने भयले एकिकरण नहोस्, भन्ने कित्तामा उभिन सक्नेछन् जसले यो प्रकृयामा अवरोध आउन सक्छ ।

६. एमालेले माओवादीलाई सानोभाई व्यवहार गर्ने त्रास

पार्टी एकीकरणको सन्दर्भमा भारतबाट फर्किएपछि ओलीजीले माओवादीलाई पेल्न थालेको माओवादीको बुझाई छ । उनीहरू प्रधानमन्त्री ओलीजीले थाइल्याण्ड गएर ‘रअ’ का मान्छेसँग भेट गरेपछि एकाएक फेरिएको र माओवादीलाई पेल्न थालेको माओवादी नेताहरुले बताएका छन्, साथै, सचिव सरूवामा आफूखुसी गरेको भन्दै पार्टी एकिकरणपश्चातः थप पेल्नसक्ने त्रास माओवादीमा रहेको छ । यसले एकिकरणलाई अवरोध पुग्नसक्ने देखिन्छ । त्यसैले एमालेले भोली पार्टी एक भएर गएपछि भित्र सानो भाई व्यवहार देखाउला की भन्ने भित्री सन्त्रास माओवादी कित्तामा फैलिएको छ ।

एकिकरणको पक्षमा दुबै दलमा ध्रुविकृत

दुबै दलमा एकिकरणको विषयमा दुई धार देखिएको छ । माओवादीभित्र ठूलो पङ्क्ति एकताको पक्षमा उभिएका छन् । तर अर्को समूह सानो छ तर प्रभावशाली छ, जस्ले, “मौका यही हो, अनेक जुक्तिबुध्दि लगाएर र जे गरेर भएपनि बढीभन्दा बढी हात पार्नुपर्छ” भनिरहेछ । यही समूह नै प्रचण्डको वरिपरी भएकोले प्रचण्डलाइ प्रभाव पार्न सफल भएको अर्को समूहको विश्लेषण छ ।

कांग्रेस आफ्नै कारणले रक्षात्मक स्थितिमा

इतिहासको नजीरलाई पल्टाएर हेर्ने हो भने, आजको दिनमा कांग्रेस जुन स्थानबाट छ्ट्पटाईरहेको छ, उसको लागि यस्तो दिन सायदै थिए होलान् । कांग्रेसलाई इतिहासमा सबैभन्दा कमजोर, दयनीय र रक्षात्मक अवस्थामा पुर्‍याउनमा केही त्यस्ता अनावश्यक कदमहरुको प्रतिफल थियो, जुन कदमले यतिबेला कांग्रेस समर्थक तथा कार्यकर्ताहरु निराश र वितृष्णी मुद्रामा चिन्तित भएको महशुस हुन्छ ।

सर्वप्रथम कांग्रेस नेतृत्वले सत्ताको लागि धेरै व्यक्तिको आस्था र भावना जोडिएको वा बोकेको पार्टी कांग्रेसलाई बलि बनाएको देखिन्छ । स्थानीय तहको निर्वाचनमा कांग्रेस एक्लै चुनावमा जान सक्थ्यो, परन्तु माओवादीको बुई चड्यो, हो त्यही दिनदेखि कांग्रेसले ओरालोबाटो तय गरेको हुनुपर्छ । यदी कांग्रेस एक्लै स्थानीय तहको निर्वाचनमा गएको भए, कांग्रेस पहिलो हुन पनि सक्थ्यो, प्रथम नभए पनि दोश्रो अवश्य हुन्थ्यो नै । अहिलेको निर्वाचनमा एमालेलाई पनि एक्लै लड्न नैतिक दबाब पर्थ्यो ।

दुई पार्टी मिल्नुले पनि जनताको मनोविज्ञानमा कांग्रेस कमजोर भईसकेको हुँदा, माओवादीको बैशाखी टेकेको अनुमान गरे । जो कोही व्यक्ति पनि आफ्नो मत खेर नजाओस् भन्ने चाहन्छ । औषत जनता जित्नेलाई नै मत दिन्छ्न्, हार्नेलाई होईन १ अझ साँच्चै कमजोरीको धरातल खोज्ने हो भने, कांग्रेसको पूरानो विरासत तब सिद्धिसकेको थियो, जुनबेला नेपाली माटोको मौलिक पहिचान हिन्दुधर्म फ्याल्दै माओवादीको नीतिमा लतालिएको थियो ।

स्थानीय तहको निर्वाचनपछि एमालेको माहोल आएर प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पुनस् एमाले पहिलो भएपनि करिब बढीमा १० सीटले मात्रै कांग्रेस दोश्रो हुनेमा सायदै शंका होला । यसरी स्थानीय तहको निर्वाचनदेखि नै कांग्रेस एक्लै लडेको भए, एमाले पनि एक्लै लड्ने सम्भावना र आधार धेरै हुन्थ्यो ।

अहिलेको चुनावमा एमालेले माओवादीलाई माया गरेर वा त्यसको अस्तित्व सकिन लाग्यो भन्ने चिन्ताले गठबन्धन गरेको देखिदैन, खाली कांग्रेस(माओवादी गठबन्धन भएर बहुमत आफ्नोमा नपुग्ने देखेरै आफ्नो स्वार्थमा माओवादीको पनि स्वार्थ मिलाएर सरकार बनाउने लक्ष्यका साथ गठबन्धन सम्भव हुन पुगेको सहजै अनुमान लगाउन सकिन्छ । कांग्रेससँग टाँसिने डरले उसले माओवादीलाई अनपेक्षित ४० प्रतिशत सीट दिएको हुनुपर्छ ।

कांग्रेसले स्थानीय चुनावदेखि नै एक्लै लड्ने पद्धति बनाएको भए, माओवादीलाई एमालेले पनि गन्ने थिएन, वास्ता गर्ने थिएन । एक्ला(एक्लै लडेको निर्वाचनमा एमाले पहिलो भएपनि कांग्रेस बढीमा १० सीटले मात्रै दोश्रो हुन्थ्यो । तर, आजको जस्तो लज्जास्पद अवस्थालाई इतिहासमा सुरक्षित राख्न दिनुपर्ने थिएन ।

सम्भवत. कांग्रेस तेश्रो कहिल्यै पनि भएन । प्रारम्भिक नतिजाले कांग्रेसलाई तेश्रो स्थानमा खुम्चिनुपर्ने स्थिति देखाईसकेको छ ।

इतिहासमा कांग्रेसलाई दोश्रोभन्दा तल अर्थात तेश्रो स्थानमा कहिले पनि झार्न नसकेको अवस्थामा अहिले कांग्रेस तेश्रो हुनु नै वाममगठबन्धनको निम्ति सबैभन्दा ठूलो उपलब्धि भएको देखिन्छ ।

नेतृत्वको क्षणिक सत्ता स्वार्थ, अकर्मण्यता र अदूरदर्शीताले नेपाली कांग्रेस आज नयाँ इतिहासमा समाहित हुन बाध्य भएको छ ।

प्रतिकृया

प्रतिकृया