४ बैशाख,काठमाडौँ । एडिन्सन काभानीसँग पेनाल्टी प्रहार गर्ने विषयमा विवाद भएको ५ महिना पछि ब्राजिलियन स्टार नेयमारले उनी समस्या रहेको स्वीकारेका छन् ।

नेयमारले पेनाल्टी प्रहार गर्न चाहेपनि काभानीले उनलाई नदिएपछि उनीहरुबीच विवाद सिर्जना भएको थियो । लियोनसँगको खेलमा बाप्पेलाई विपक्षी रक्षकले लडाउँदा पिएसजीले दोस्र्रो हाफमा पेनाल्टी पाएको थियो । नेयमारले सो पेनाल्टी प्रहार गर्न खोजे पनि काभानी मानेका थिएनन् । काभानीको त्यो पेनाल्टी गोलरक्षकले बचाएका थिए ।

ब्राजिलियन टेलिभिजन ‘टिभी ग्लोभो’ सँग कुरा गर्दै नेयमारले उनीहरुबीच विवाद भएको स्वीकारे, ‘हामीहरुबीच सानो विवाद भएको थियो, तर त्यसलाई ठूलो बनाइयो। त्यो हाम्रो व्यक्तिगत समस्या थियो, त्यसैले हामीले ३ दिन पछि सँगै बसेर त्यसलाई समाधान गरेका थियौं ।’

नेयमार हाल चोटका कारण मैदान बाहिर छन्। दाँया खुट्टामा लागेको चोटबाट नेयमारलाई मैदानमा फर्कन अझ १ महिना लाग्ने जानकारी उनले दिएका छन्। नेयमारको लक्ष्य रुस विश्व कपका लागि पूर्ण रुपमा फिट भएर फर्कनु रहेको छ ।

प्रतिकृया

प्रतिकृया