८ वैशाख गुल्मी । जिल्लाको रेसुङ्गा नगरपालिका मेयर डिल्लीराज भुसालले कारागारभित्र रहेकी ४ वर्षीया बालिकालाई विद्यालयमा भर्ना गर्दै अभिभाकत्व ग्रहण गरेका छन् । आमासँग जिल्ला कारागार गुल्मीमा रहेकी बिपीका पुनको अभिभावकत्व भुसालले लिएका हुन् ।

मेयर भुसालले बिपीकालाई तम्घासको महेन्द्र नमूना माध्यमिक विद्यालयको भर्ना गर्दै पढाइको सम्पूर्ण दायित्व आफूले लिएको बताए ।

बालिकाको भर्ना गराउन कारगार परिसरमै नगर प्रमुख भुसाल, निमित्त प्रमुख जिल्ला अधिकारी कौशलराज शर्मा, महेन्द्र नमूना माविका प्राचार्य केशरबहादुर थापा, सशस्त्र प्रहरी बल गुल्मका प्रमुख प्रेमप्रकाश सिग्देल, प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीलगायतको रोहबरमा भर्ना गरिएको हो ।

बालिकालाई भर्ना गर्दै कारागार परिसरमा भएको कार्यक्रममा नगर प्रमुख भुसालले बालिका पढाइबाट वञ्चित भएको थाहा पाएसँगै आफूले सम्पूर्ण पढाइ खर्चको दायित्व लिएको बताए । ‘कारागारको अवस्था बुझ्ने क्रममा आमासँग जेल जीवन बिताएको थाहा पाएपछि बच्चाले आफैंले पढाउने निर्णय गरेको हुँ’, भुसालले भने ।

बालिकालाई महेन्द्र माविमा कारागारबाटै पढ्न आउने–जाने व्यावस्था मिलाइने छ ।

प्रतिकृया

प्रतिकृया