२० बैशाख,काठमाडौँ । आज प्रेस स्वतन्त्रता दिवस । हरेक वर्षको मे महिनाको ३ तारीखमा विश्वभरि सञ्चारका माध्यमहरुको स्वतन्त्रताका मुद्धा, मापदण्ड र महत्वको विषयमा पैरवी अनि वहस गरिदै समाचार संकलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरुको योगदानलाई संझना र सम्मान गर्दै यो दिवस मनाईन्छ ।
सन् १९९३ को संयूक्त राष्ट्रसघींय महासभाले अनुमोदन गरेपछी यस दिन संसार भरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।

सञ्चारका माध्यमहरुले स्वतन्त्र र निष्पक्ष समाचार सम्प्रेषण नगरिदिदा प्रजातन्त्र अनि सुचनाको अधिकारमामै धक्का पुग्दछ । स्वतन्त्रता अनि निष्पक्षताको वकालत गर्ने आजको विश्वमै पनि दर्जन भन्दा धेरै देशहरुमा प्रेसउपर सेन्सर गरिन्छ, प्रेसकर्मीहरु उपर बन्देज लगाउने , बन्दी बनाउने, आक्रमण अनि हत्यासम्मका क्रियाकलाप गरिन्छ । आजको दिनले सामान्य जनताहरुलाई अनि संसारवासीलाई प्रेस स्वतन्त्रताका बारेमा जानकारी अनि महत्व वुझाउने सर्वब्यापी चेष्टा गर्दछ ।

यसका साथै आजको दिनले संसारभरिका प्रेसकर्मीहरुलाई प्रेस तठस्तताको पाठ र महत्वको झल्को दिने कार्य गर्दछ ।

पछील्लो दशकमा प्रजातन्त्रको पूर्नआगमन सँगै नेपालमा पनि प्रेसकर्म प्रतीको एउटा उत्साह गज्जबले बढेको छ, रेडियो नेपाललाई शर्टवेभमा मात्र एन्टीना तानेपछी समात्ने नेपाली तरगं आकाशमा आज सैयौको सख्यामा रेडियो केन्द्हरु छन् । त्यसै गरि टीभी, पत्रिका, अनलाईन गरि विभिन्न स्वरुपमा धेरै सञ्चार केन्द्रहरु स्थापना भएका छन् । यो एउटा गज्जबको विकास हो तथापी हरेक विकासँगै आउने चुनौतीहरुझै प्रेस स्वतन्त्रता अनि निष्पक्षताका मर्महरु नेपालमा कतिको सम्वोधन अनि समाहीत गर्न सकिएको छ त ? विचारयोग्य छ, आजको दिन मनन गर्न झकझक्याउने पनि छ ।

यस वर्ष आजको दिन एसियाली देश ईन्डोनेशियाको राजधानी जकार्तामा संसारभरिका मिडिया प्रतीनीधीहरु भेला भएर यूनेस्को गुईलेरमो क्यानो विश्व प्रेस स्वतन्त्रता उपाधी प्रदान गरिनेछ ।

४६ सालको आन्दोलन होस् या १० वर्षे शसस्त्र द्धन्द या ६२ अनि ६३ को जनआन्दोलन होस्, सुचना अनि ताजा अपडेटहरु दिनका लागी धेरै जना पत्रकारले पसिना वगाउने, ज्यान जोखिममा राखेर अनि कतिले त ज्याननै गुमाउनुसम्म भएको छ । चाहे नेपालमा मारिएका पत्रकार डेकेन्द्र थापा हुन् या अफगानिस्तानमा मारिने कुनै अन्य देशका पत्रकार तर यसरी प्रेसमाथीको आक्रमणले स्वतन्त्रता र प्रजातन्त्र माथीनै धावा बोलेको छ ।

प्रतिकृया

प्रतिकृया