२२ बैशाख, काठमाण्डौं । गायक सुवास अगमको नया गजल गीत ‘प्रितको आगो’ सार्वजनिक भएको छ ।शान्तम् श्रीको शब्दरचनामा गायक अगमको सुमधुर स्वरले सजिएको छ भने संगीत पनि उनी आफैंल भरेका छन् । त्यस्तै संगीत संयोजन संगीतकार हरी लम्सालले गरेका छन् ।

सल्काउन गाह्रो यो प्रितको आगो ।
निभाउन गाह्रो यो प्रितको आगो ।

 

मीठो छ प्रिती, झन दर्द मिठो ।
लुकाउन, गाह्रो यो प्रितको आगो ।

गायक अगमको पहिलो गजल एल्वम ‘गजलको सुवास’भित्र समावेश यो गजलमा प्रेमभित्रको आगो छताछुल्ल पारिएकोे छ ।

प्रतिकृया

प्रतिकृया