भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण प्रदेश–२ बाट सुरुवात गर्दैछन । प्रधामन्त्री मोदीको यो तेस्रो नेपाल भ्रमण हो, उनको यसअघिको भ्रमण काठमाडौंबाट भएका थियो । यसपटक प्रधानमन्त्री मोदी चढेको हेलिकोप्टर सिधै जनकपुरको बाह्र विघामा अवतरण हुनेछ । जनकपुरमा प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गरिनेछ । प्रधानमन्त्री मोदीले जनकपुरमा केही योजना घोषणा गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणको तयारी, भ्रमणलाई सफल बनाउन प्रदेश नं. २ को सरकारले गरिरहेको कामका सन्दर्भमा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवसँग राज ढुंगानाले गरेको कुराकानी–

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको तयारी कस्तो भइरहेको छ ?

– मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही २८ गते जनकपुर आउँदै हुनुहुन्छ । उहाँ डाइरेक्ट पटनाबाट जनकपुर एयरपोर्टमा ल्यान्ड गर्नुहुन्छ । भारतीय प्रधानमन्त्री मोदी विश्व समुदायमा क्रेजीका रुपमा उदाउनु भएको छ । जनसुकै देशमा गए पनि उहाँलाई हेर्न सर्वसाधारण एकदमै लालयित हुन्छन् । जनकपुर र अयोध्यायको इतिहासिक सम्बन्ध छ । उनीहरुबीच रगतको नाता छ । सीताको विवाह अयोध्यायमा भएको हुनाले पनि अहिले जनकपुरमा ‘मोदी चलेनन ह्याल’ भनेर कुरा गरिदैछ । मोदीज्यूले जनकपुर आउँदा ठूलो भीड जम्मा हुने सम्भावना देखिएको छ । लगभग एक लाखको भीड जम्मा हुने हाम्रो अनुमान हो । मोदीजीलाई कडा सुरक्षाका बीच भव्य र सभ्यरुपमा स्वागत गर्नका लागि हामी तयारी अवस्थामा बसेका छौं ।

तयारीभित्र के के पर्छन् ?

– भारतीय प्रम मोदीको भ्रमण स्मरणीय र ऐतिहासिक बनाउने तयारी भइरहेको छ । जुनसुकै देशका प्रधानमन्त्री जनकपुर आउँदा भव्य स्वागत सत्कार हुन्छ भन्ने म्यासेज दिन चाहन्छौं । जनकपुरलाई बेहुलीझै सिगाँर्ने हाम्रो योजना छ । भोलिका दिनमा उत्तरतिरका छिमेकी मुलुकका प्रधानमन्त्री आउनु होला भनेर आशा गछौं । यसले देशलाई फाइदै पुग्छ, कूटनीतिक सम्बन्ध सुधार हुन्छ भन्ने हामीलाई विश्वास छ । हामीले जनपरिचालनलाई महत्व दिएका छौं, सजावटमा पनि हाम्रो ध्यान त्यत्तिकै आकर्षित भएको छ ।

भारतीय प्रमले लगानीका बारेमा पनि केही बोल्नुहुन्छ ?

– मोदी जनकपुर आउँदा हामी भव्य स्वागत गरौं, त्यो हाम्रो दायित्व र जिम्मेवारी हो । लगानीको घोषणा गर्ने कुरा उहाँको भएको हुनाले त्यसतर्फ हाम्रो ध्यान गएको छैन ।

प्रतिकृया

प्रतिकृया