नेपाल–भारतको उच्च स्तरको भ्रमण निरन्तर भईरहेको छ । चैत्रको पहिलो साता भारत भ्रमण गरेर फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा फेरी भारतिय प्रधानमन्त्री जनरेन्द्र मोदी नेपाल भ्रमणको लागि आउदै छन । उनलाई राजकिय सम्मान दिँदैछ । मोदीको यो भ्रमण यसअघिको भन्दा केही फरक छ । उनले नेपाल भ्रमणको प्रवेशद्धार जनकपुरलाई बनाउदै छन । यो भ्रमणको महत्व यसरी पनि छ की मोदीले नेपाल भारतको हितमा रहने केही महत्वपुर्ण आयोजनाहरुमा सम्झौता गर्नेछन । उनलाई जनकपुर र काठमाडौँमा नागरिक अभिनन्दन गरिने बताउदै गर्दा केही विरोधका स्वरहरु पनि सुनिदैछ । यसै सन्दर्भमा रहेर नेपाल भारत मामलाका विज्ञ प्रा. डा. लोकराज बरालसंग हेडलाईन नेपालका लागि राज ढुंगानाले गरेको संक्षिप्त कुराकानी ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरबाट नेपालको भ्रमण सुरुवात गर्दै हुनुहुन्छ यसलाई कसरी बुझ्न सकिन्छ ?

पहिला कुरा त मोदी जी जहाँबाट आउनु हुँदैछ ,त्यसले केही फरक पर्दैन । नेपालको जुनै ठाँउबाट मोदी जी ले भ्रमण सुरु गरेता पनि त्यो नेपालकै भु–भाग हो । त्यसभन्दा पनि उहाँको बाटो त्यतैबाट पर्ने भएकोले र अघिल्लो भ्रमणको बेला जनकपुर भ्रमणको तिव्र ईच्छा भएको कारणले पनि उहाँले जनकपुरलाई नेपाल भ्रमणको प्रवेश द्धार बनाउन लाग्नु भएको मैले बुझेको छु ।

मोदी जीको एउटै कार्यकालमा तेस्रो पटकको नेपाल भ्रमणले के सन्देश दिन्छ ?

यो त्यस्तो कुनै नौलो र विशेष भ्रमण होईन नेपाल र भारत भनेको दुई पुराना छिमेकी मुलुक हुन । यहाँ सबै कुराको आदानप्रदान भईरहन्छ । यो भ्रमण पनि त्यसैको एउटा स्वरुप हो । केही समयअघि नेपालका प्रधानमन्त्री ओली जी भारत भ्रमणमा जानु भयो । अहिले मोदी जी आउदै हुनुहुन्छ । यसमा कुनै नौलो कुरा छैन । यो भ्रमणले नेपाल –भारत मिलेर बसेका दुई असल छिमेकी देश हुन भन्ने सन्देश जान्छ ।

यो भ्रमणले त्यस्तो विशिष्ट सम्बन्ध निर्माण गर्छ ?

तपाईले कस्तोलाई विशिष्ट सम्बन्ध निर्माण भन्ने बुझ्नुहुन्छ ? त्यो आफ्नो ठाँउमा होला । तर खासमा यस विशिष्ट सम्बन्ध भन्दा पनि उच्चस्तरको भ्रमणको आदानप्रदान हो भन्ने बुझ्न पर्छ । नेपाल र भारतको सम्बन्ध जहिल्यै विशिष्ट किसिमको छ । अहिले त्यसमा मलजल गर्न, बलियो र कसिलो बनाउन दुवै मुलुकका प्रमुखहरु लागेका छन ।

४. प्रधानमन्त्री मोदीको भ्रमणको पुर्व सन्ध्यामा विरोधका स्वरहरु सुनिनुलाई कुन ढंङ्गले लिने ?

यसले खासै असर पार्दैन । राजनिति गर्ने नेताहरुलाई विरोधले खासै असर पर्दैन । त्यहाँ माथी मोदी जी नेपाल –भारत कुटनितिको बाटोबाट यहाँ आउदै हुनुहुन्छ । त्यसैले विरोधका स्वर सुनिनुमा आश्चर्य मान्नु पर्दैन यो सामान्य विषय हो ।

प्रतिकृया

प्रतिकृया