२७ बैशाख, काठमाण्डौं । प्रधानमन्त्री नरे‍न्द्र मोदीको मुक्तिनाथ दर्शनको सुरक्षा व्यवस्था मिलाउन भारतीय सेनासहितको हेलिकोप्टर जोमसोम पुगेको छ ।

हेलिकोप्टरमा भारतीय सुरक्षाकर्मीहरुको टोली पनि जोमसोम पुगेको छ । त्यसैगरी मोदीको स्वागतका लागि भारतीय दूतावासका कर्मचारीहरु पनि जोमसोम पुगिसकेका छन् ।

यसअघि मोदीको सुरक्षाका लागि भन्दै भारतबाट करिब अढाई सय फौज जनकपुर आइसकेको छ । उनीहरुले जानकी मन्दिर र रं‌गभूमि मैदान आफ्नो नियन्त्रणमा लिएर सुरक्षा कडा बनाएका छन् ।

मोदीले जनकपुरमा जानकी मन्दिर दर्शन गरिसकेपछि मुक्तिानथमा पुगेर भोलिनै दर्शन गर्ने कार्यक्रम छ । मोदी मुक्तिनाथबाट काठमाडौँ आएर पशुपतिनाथ दर्शनका लागि जाने भएका छन् ।

प्रतिकृया

प्रतिकृया