निर्मल पुरी ‘भोगी’:

सबै मानिसलाई आफ्नो समुदाय ,सँस्कृति,जात,धर्म,सम्प्रदायको नितान्त माया लाग्छ र जसको बचावटको लागि जो सुकै असल ब्यक्ति अहोरात्र खटिरहेको हुन्छ र राज्यसँग आफ्नो पहिचान मागको लागि दबाबमूलक कार्यमा एकाग्र तल्लिन रहेको पाईन्छ | यस्तै नेपाली समुदायको ईतिहासमा दशनामी समाज एऊटा यस्तै ज्वलन्त नाम हो जसले राज्यसँग आफ्नो जातीय पहिचानको लागि राज्यसँग विभिन्न शान्तिपुर्ण आन्दोलन र दबाब गर्दै आएको जातीय साम्प्रदायिक समाजको रुपमा चिनिन्छ | स्थान अनुसार दशनामीहरुले कतै तागधारण(जनै लगाएको) गरेको टुपी पालेको कतै नपालेको पनि पाईन्छ भारतबाट आएको दशनामी हरुले अनिबार्य रुपमा जनै धारण गरेको पाईन्छ तर तीब्बत पट्टिबाट नेपाल प्रबेश गरेको दशनामीले जनै धारण र टुपी राखेको पाईन्न | दशनामी हरुमा दश आेटा नामहरु पर्दछन् यिनीहरुको आआफ्नै अर्थ छन् ती यिनै हुन् १.गिरी, २.पुरी, ३.भारती, ४.वन, ५.पर्वत, ६.सागर, ७.सरस्वती, ८.आश्रम, ९.आरण्य, १०.तीर्थ हुन् यिनीहरुको आफ्नै जातीय अर्थ रहेको छ |

गिरी:- हिमालयमा बास गरी गिताको अभ्यास गर्ने निश्चल मन भएको ,पुरी:- ज्ञानले परिपूर्ण परब्रह्मा प्राप्ति भएको पुरुष ,भारती :- विद्याको भार बोकेर सांसारिक दुःख बिर्सने मानिस ,वन :-सांसारिक बन्धनबाट मुक्ति र निर्जन वनमा बस्ने सुन्दर शान्त स्वाभावको मानिस,आश्रम:-मोहरुपि बन्धनबाट मुक्त र आश्रम नियमादिमा दृढ भई आवागमनदेखि दुर मानिस ,आरण्य :-विश्वलाई त्यागी वनमा नितान्त वनमा रहि आनन्दको भोग गर्ने मानिस ,सरस्वती:-अमृतरुपि ज्ञानरत्नको ग्रहण गरेको र जनदेवको सांगोपांगो बुझेको पुरुष ,पर्वत:-सारा जगत जानेर निष्फिक्री पर्वतको शिखरमा समाधि धारण गरी बस्ने पुरुष,सागर:- समुन्द्रको तिरमा रहि आध्यात्मिक शास्त्रको ज्ञान ग्रहण गर्ने तथा आश्रमको नियम पालना गर्ने पुरुष भनेर भनिएको पाईन्छ | ( नेपाल दशनामी समाजको बार्षिक बुलेटिन २०७३ अंक १,बर्ष १ पृष्ठ ११,१२,१३ अधिवक्ता खिल गिरी )

स्थापनाकाल र राष्ट्रिय महाधिवेशन

वि.सं २०५३ फाल्गुन २४ गते महाशिवरात्रीको दिन लिलाप्रसाद गिरीको अध्यछ्यतामा ११ सदस्सीय कार्यसमिति गठन गरियो | नेपाल दशनामी समाजलाई काठमाडौं जिल्लामा दर्ता गरेर विधिवत् रुपमा वि सं. २०५४ भाद्र ११ गते स्थापना गरियो | संस्थापक सदस्यहरु र तदर्थ समितिको जिम्मा बार्षिक अधिबेशन सम्पन्न गर्नु र सदस्यहरुको पहिचान र विस्तार गर्नु थियो | वि सं .२०५८ साल बैशाख २ गते प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भयो जुन राजेन्द्र प्रसाद गिरीको अध्यछतामा १७ सदस्यीय केन्द्रिय कार्यसमितिको चयन भयो | दोस्रो राष्ट्रिय महाधिवेशन वि सं.२०६४ जेष्ठ १२ गते भक्तपुरमा रविन्द्र गिरीको अध्यछ्यतामा १७ सदस्यनै कायम रह्यो | तेस्रो राष्ट्रिय महाधिवेसन वि सं.२०६८ बैशाख १७ गते रविन्द्र गिरीकै अध्यछ्यतामा २४ सदस्सीय कार्यसमितिको चयन भयो | चौथो राष्ट्रिय महाधिवेशन विसं.२०७१ चैत्र २१ गते काठमाडौंमै सुसम्पन्न भयो जुन रञ्जनकुमार गिरीको अध्यछ्यतामा सम्पन्न भयो | दशनामी समाज नेपालको संरचनाको बिषयमा पछिल्लो महाधिवेशनपछि वि सं २०७२ मा नेपाल दशनामी युवा समाज त्यसैगरी वि सं. २०७४ मा नेपाल दशनामी महिला केन्द्रिय कार्यसमितिको पनि गठन र कार्यक्रमहरु सम्पन्न हुँदै आईरहेका छन् | हालसम्म ६१ जिल्लामा जिल्ला कार्य समिति र करिब १५/१६ यस आजीवन सदस्यहरु समाजमा आबद्ध रहेका छन् | अञ्चलगत कार्य समितिको अबधारणा अनुरुप तीन ओटा कार्य समिति मेची ,कोशी ,लुम्बिनी रहेको छ |

स्थापनादेखि हालसम्म राज्यसँग दशनामी पहिचान मागको लागि गरिएका कार्यक्रम तथा आन्दोलनहरु

वि सं. २०५८ सालमा आदिबासी जनजाति प्रतिष्ठानले ५८ जातिहरुलाई आदिबासीमा सुचिकृत गरेको थियो र अन्य जातिहरुलाई अन्यमा राखिएको थियो | जसमा दशनामी समाजले पनि आफ्नो पहिचानको लागि विभिन्न आन्दोलन र दबाबका कार्यक्रमहरु दशनामी आदिबासीमा सुचिकृत हुनुपर्नेको लागि गरेको थियो जसमा ब्राह्मण ,छ्यत्री सहितको समुहको ठुलो साथ थियो तर यिनीहरुलाई “आर्य खसमा ” सुचिकृत गरियो खस आर्यहरुमा पनि तीब्बतीयन समुदायबाट आएको खस आर्य मंगोलियन हुन् र भारतबाट आएको पर्दछन् | वि सं .२०६८ माघ ११ गते शुनकोशी छेत्रलाई स्वायत्त दशनामी राज्यको माग पनि गरियो | बि सं २०६९ सालमा जातीय निरपेक्छ्य राज्यको माग गर्दै संविधान सभा घेराउ कार्यक्रम पनि गरिएको थियो | डा . बाबुराम भट्टराईको राजनितिक कार्यकालमा दशनामी, ब्राह्मण छ्यत्री एकापट्टि “आर्य खस” र जनजाति ,आदिबासी एकापट्टी रहेर आआफ्नो पहिचानको लागि आन्दोलन गरियो पहिलो संविधान सभाले केहि गर्न सकेन र यो बिघटन भयो | दोस्रो संविधान सभाको निर्वाचन २०७० मा दशनामी समुदायबाट ८ जना प्रतिनिधिहरु संविधान सभाको सदस्यको रुपमा चुनिएर गए जसमा :- प्रदिप गिरी,दिपक गिरी ,ममता गिरी,सिता गिरी,प्रेम बहादुर गिरी,गोपाल गिरी,कमलेस पुरी गोस्वामी र दिलनाथ गिरी थिए | चुनिएको दशनामी जनप्रतिनिधिहरुलाई दशनामी समाजले स्वागत शुभकामना कार्यक्रम राखेर राज्यसँग पहिचान मागको लागि दबाब र लबिंग गरियो |

नेपालको संविधानमा दशनामीको बारेमा साथै खस आर्यको बारेमा संविधानको धारा १८(३),धारा४२ को उपधारा (१),(२) ,धारा ६७(३) र धारा १७६ (६) मा उल्लेख गरिएको पाईन्छ | त्यसैगरी संविधानको धारा १८(३) मा स्पष्टिकरण, धारा४२(१) मा विपन्न खस आर्य ,धारा १७६(६) मा स्पष्टिकरणमा खस आर्य भन्नाले :- छ्यत्री ,ब्राह्मण ,ठकुरी सन्यासी (दशनामी) समुदाय सम्झनुपर्दछ भन्र लेखिएको पाईन्छ |

दशनामीको बारेमा अन्त्यमा लेख्नुपर्दा प्रथम जगत गुरु शंकराचार्यको जन्मपछि ऊहाँले धेरै मानिसहरुलाई अध्यात्मतिर आकर्षित गराऊनुभयो र जगतमा मठ मठाधिसहरुको धेरै चहलपहल साथै एक किसिमको ठुलो जन लहर थाम्न नसक्दा ती आध्यात्मिकहरु धेरैलाई गृहिस्थी जीवनमा फर्काईयो र दशनामीमा पनि कोही शाश्त्री र शश्त्री हुन पुगेको पाईन्छ | बास्तबमा तान्त्रिक अनि जगत गुरु यिनै दशनामीहरु हुन् भन्दा फरक पर्दैन |

प्रतिकृया

प्रतिकृया