भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने नेपाल भ्रमणको लागी जनकपुर आईपुगेका छन । मोदीको नेपाल भ्रमणलाई लिएर विभिन्न अड्कलवाजी भईरह्को बेला यो भ्रमणले नेपालको परापुर्वककाल देखिको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने विश्वास गरिएको छ । यसै सन्दर्भमा हेडलाईन नेपालका लागी राज ढुंगानाले नेपाल भारत मामलाका विज्ञ तथा अर्थशास्त्री डा. हरीवंश झासंग कुराकानी गरेको छन ।

भारतीय प्रधानमन्त्री मोदीको जानकी मन्दीर मोहलाई कसुरी बुझ्न सकिन्छ ?

खासगरी यो भ्रमण नेपाल र भारतको सामाजिक सम्बन्ध,धार्मिक सम्बन्ध, साँस्कृतिक सम्बन्ध जुन ढंगले नेपाल र भारतमा छ । त्यसको एउटा रिफ्लेक्सन हो । र उहाँको इश्वरी प्रति जानकी प्रति आघात आस्था छ, सबैभन्दा जानुभयो । त्यसपछि मात्रै उहाँ नागरिकको अभिनन्दनमा सहभागी रहनुभयो । भन्दाखेरी मोदी जी को केन्द्रविन्दु जनकपुर नै छ । त्यसले गर्दा पनि यहाँ उमंग छ । र मोदी जीले पहिला पनि आउछु भनेर आउन नपाउदाको अवस्थालाई मध्येनजर गर्दै अहिले उहाँले यो ठाँउलाई महत्व दिनुभएको हो । उक हिसावले उहाँको अहिलेको नेपाल भ्रमण धार्मिक भ्रमणको रुपमा पनि बुझ्न सकिन्छ ।

यो राजकीय भ्रमण कि धार्मिक ?

हो यो भ्रमण धार्मिक पनि छ र अफिसियल पनि छ । कुटनितित्र क्षेत्रमा धार्मिक भ्रमण बनाउने भन्ने कुरन सेकेन्डरी कुरा हो । उहाँले देशका प्रमुखहरु भेट्नेछन नेपालको विकासको कुरा पनि उठ्छन । त्यसैले यो भ्रमण अफिसियल संगै धार्मिक पनि हो ।

प्रधानमन्त्री मोदीको यो भ्रमणमा विगतको झैँ बाढीको मुद्धा उठ्छन ?

तपाईले सही भन्नुभयो । यो समस्या विकराल रुपमा रहेको छ । यसको समाधान निकाल्न सकिएन भने भोली ठुलो धनजनको क्षेती हुनसक्छ । खासगरी चुरे क्षेत्रको जंगल फँडानी भएकोले बर्षेनी बाढी आउछ । यसको प्रोपर निकास भएन । पानीको सहज निकासको लागी दुवै देशले सोच्न पर्छ यसले नेपाल भारत दुवैलाई गम्भिर असर पुर्याएको छ ।

यो मुद्धामा भारतले चासो नदेखाएको की नेपालको तयारी नपुगेको ?

यसमा दुवै कुनै न कुनै प्रकारले दोषी रहेको पाउछु । भारतले नेपाललाई दोष लगाउछ । नेपालले भारतलाई दोष लगाउछ । हामी पनि बाढी आएपछि मात्रै कराउछौ बाढी रोकिएपछि सुनसान हुन्छ । भारत एक्लैले पनि यो समस्याको समाधान गर्न सक्दैन । त्यसैले दुईवटै मुलुकको सरकारले गम्भिर भएर सोच्न पर्छ ।

सिमा विवाद सल्ट्याउन यो भ्रमणले कसरी फाईदा पुर्याउछ ?

यो कुरामा सिरियसली सोच्न पर्छ अहिले नेपालमा स्थिर सरकार पाएको अवसरमा यो कुरामा नेपालले आफ्नो स्पष्ट अडानसहित प्रस्ताव राख्न पर्छ । भारतले पनि यो विषयमा धेरै ठुलो ईस्यु मानेको छैन यो दुई छिमेकी मुलुक भएपछि यस्तो विवाद आउनु सामान्य प्रक्रिया हो त्यहीपनि अहिले धेरै विवादहरु मिलिसकेको छ । अहिलेपनि धेरै विवाद सल्ट्याउन सकिने आधारहरु छन । अहिलेको यो भ्रमणमा पनि छलफल हुन सक्छ । र त्यसले दुवै देशलाई फाईदा पुग्छ ।

त्यसोभए यो भ्रमण सम्झौता कार्यान्वयनको लागी कोशे ढुंगा सावित हुन सक्छ ?

तपाईले भनेको कुरा ठिक हो । यसभन्दा अघि नेपालका प्रधानमन्त्री ओली जी भारत भ्रमणमा जानुभयो त्यसबेला पनि हामिले विगतदेखि गरेको सम्झौताको सवालमा रहेर वार्ताहरु भए । अहिलेपनि नयाँ सम्झौता भन्दा भएका सम्झौता कार्यान्वय गर्नतिर नै दुई प्रधानमन्त्री लाग्नुहुनेछ । यसमा दुवै मुलुकको प्रमुख चासो रहेको छ । त्यसैले पनि यो भ्रमण सम्झौता कार्यान्वयनको लागि कोशे ढुंगा सावित हुन सक्छ ।

प्रतिकृया

प्रतिकृया