२८ वैशाख । सिंगापुरका प्रधानमन्त्री लि सेन लुङले अमेरिका र उत्तर कोरियाबीच हुने भनिएको शिखर वार्ता शान्ति स्थापनाका लागि एक महत्वपूर्ण कदम भएको बताएक छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच लामो समयदेखि प्रतिक्षा गरिएको एक महत्वपूर्ण शिखर बैठक आगामी जुन १२ मा हुने भएको छ ।

प्रधानमन्त्री लिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटको प्रतिउत्तरमा भन्नुभएको छ– हामीलाई लाग्छ यसले आगामी दिनमा विश्व शान्तिको लागि सही मार्गनिर्देश गर्नेछ ।

उत्तर कोरियाली नेता र राष्ट्रपति ट्रम्पबीच कोरियाली प्रायद्वीपमा लामो समयदेखि देखिँदै आएको तनाव अन्त्य गर्ने र उत्तर कोरियाको आणविक हतियारबारेको अन्योल हटाउने विषयमा सिंगापुरमा जुन १२ मा वार्ता हुन लागेको हो ।

विश्व समुदायबाट व्यक्त चासोको अन्त्य गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटर पेजमा बिहीबार बहुप्रतिक्षाको विषय रहेको सो भेटवार्ता जुन १२ मा हुन लागेको छ ।

उक्त वार्तामा हुने कुराकानीको विषयमा भने सन्देशमा केही उल्लेख गरिएको छैन । उहाँले विश्वकै चासोको र प्रतिक्षाको उक्त विषयको अन्त्य भएको भन्दै सिंगापुरमा वार्ता हुने ट्वीटरमार्फत जनाएक छन् ।

यसअघि नै यसै वार्ताको बिषयलाई लिएर राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री सिन्जो आबे, चिनियाँ प्रधानमन्त्री ली खछ्याङ, दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग पनि फोनवार्ता गरेका थिए ।

प्रतिकृया

प्रतिकृया