२९ बैशाख, काठमाण्डौं ।मलेसियामा सवारी दुर्घटनामा एक नेपाली युवाको मृत्यु भएको छ । जोहोरबारुस्थित एक सुपरमार्केटमा कार्यरत सन्धिखर्क संखुवासभाका दावा छिरी शेर्पाको शुक्रबार बिहान करिब ३.१० बजेतिर गाडीले ठक्कर दिँदा मृत्यु भएको हो ।

ज्यापुडा नामक कम्पनी मातहतमा त्यहाँको एक सुपरमार्केटको सुरक्षार्थ खटिएका शेर्पा काम गरिरहेकै स्थानमा एकजना स्थानीयले चलाएको गाडीले ठक्कर दिँदा घटनास्थलमै उनको निधन भएको उक्त कम्पनीमा कार्यरत दुर्गा गुरुङले जानकारी दिए ।

चालकले अत्यधिक मदिरा सेवन गरी गाडी चलाउँदा अनियन्त्रित भइ उक्त दुर्घटना भएको बताइएको छ । शेर्पा करिब ४ वर्षअघि मलेसिया आएका थिए । उनको परिवारमा श्रीमती र तीन छोराछोरी रहेका जनाइएको छ । मृतक शेर्पाको शव पोस्टमार्टमको लागि स्थानीय अस्पतालमा राखिएको छ ।

प्रतिकृया

प्रतिकृया