कुन्दनराज काफ्ले, महामन्त्री नेपाल विद्यार्थी संघ

नेपाल विद्यार्थी संघ (नेविसंघ) मा पछिल्लो समय देखिएको विवाद र यसले चरम रुप लिँदैछ । नेविसंघभित्र विभिन्न गुट उपगुटले आ–आफ्नै ढंगले गतिविधि गरिरहेका छन् । यसलाई रोक्ने काम पार्टी केन्द्रीय कार्यसमितिले प्रयास गरिरहेको छ । नेविसंघको विवाद छताछुल्ल बाहिर आएको छ । यो विवाद किन ? यसको समाधान के हो ? भन्ने सवालमा रहेर राज ढुंगानाले नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेसँग गरेको कुराकानी–

नेविसंघ ध्वस्तै बनाउने हुनुभयो है ?

-नेविसंघ केका लागि स्थापना गरियो ? यसको मूल मर्म के हो ? लोकतान्त्रिक पार्टीमा पारदर्शिता हुन्छ, त्यसको भ्रातृ संगठन हौं हामी । संगठनभित्र भएका कुरा सबै विद्यार्थीले थाहा पाउनुपर्छ । संगठन पारदर्शी, वैज्ञानिक हुनुपर्छ, विधिसम्म चल्नुपर्छ । हामीले बनाएको संगठन नमूना हुनुपर्छ ।

तपाईंहरुले बनाएको विधान प्रकृयामा जाँदैन भने त्यो कसरी बलियो भयो ?

-विधान मात्रै पर्याप्त होइन, त्यसलाई नीतिले डो¥याउनुपर्छ । विधानलाई वैज्ञानिक ढंगले समयसापेक्ष लैजानुपर्छ । विधानभन्दा माथि कोही हुँदैन । अध्यक्षले हाम्रो संगठनमा विधान नमान्ने काम गरिरहेका छन् ।

विधानसम्मत निर्वाचित अध्यक्षले तपाईंले जे भन्यो त्यही मान्नुपर्ने ?

-तपाईंको प्रश्न नमिलेको हो कि बुझनु नभएको हो रु सभापति मात्र होइन, कोही पनि विधानभन्दा माथि छैन । कोही पनि केन्द्रीय समितिको निर्णयभन्दा माथि छैन । सबै कुरा केन्द्रीय समितिको निर्णयभन्दा बाहिर भएकाले हामीले त्यसको विरोध गरेका हौं ।

समानान्तर गतिविधि गरेपछि संगठन कहाँ पुग्छ ?

– सभापतिले जे गरे, त्यो कुरा सहेर बसेको भए कसैले थाहा पाउँदैन थिए । एउटा लोकतान्त्रिक पार्टीले के गर्दैछ भन्ने कुरा आम विद्यार्थीले थाहा नपाउनु ठीक होइन । हामीले खबरदारी गरिरहेका छौं । सबैलाई प्रकृयाभित्र ल्याउन खोज्दैछौं । नेपाल विद्यार्थी संघ सीमित व्यक्तिको चँगुलमा रहेका व्यक्तिहरुको मात्रै होइन । नेविसंघ सबैको साझा संगठन बनाउनुपर्छ । हामीले समानान्तर गतिविधि गरेका छैनौं, हामीले नीतिगत ढंगले नेपाल विद्यार्थी संगठन चल्नका लागि हामीले खबरदारी गरेका हौं ।

नेविसंघका बेथिति कहिलेसम्म ?

– सुन्दरीजलमा दुईवटा कार्यक्रम भएको होइन, ११ औं महाधिवेशन गर्दा पुराना कमिटीले ११ जिल्लामा अधिवेशन नभएको भनेर पार्टीलाई जानकारी गराएका थियौं । त्यसपछि ११ जिल्लामा यस्तो विवाद थपियो । २२ वटा जिल्लामा समानान्तर समिति बनेको थियो । ११ जिल्लामा ३ महिनाभित्र अधिवेशन गर्ने भनिएको थियो । अर्को ११ जिल्लामा ३ महिनापछि प्रतिनिधि पठाएर अधिवेशन गराउने भनेर निर्देशक समितिले लिखित रुपमा ठाडो निर्देशन दिएको थियो । दुई तिहाई निर्वाचित साथीहरुले ठाडो अब्जेक्सन ग¥यो ।

अहिले संघीय ढाँचामा जाँदा प्रदेशिक सभा कस्तो बनाउने, समिति कस्तो बनाउने, अधिवेशनमा कसरी जाने, प्रदेशलाई कसरी कति शक्ति दिने, केन्द्रमा कति शक्ति राख्ने, स्थानीय तह र जिल्लालाई कति शक्तिशाली बनाउने भन्नेबारेमा हामीले नेविसंघको स्पष्ट नियमावली बनाउन सकेनौं । हामीले बनाउन खोज्दा सिनेटरको बैठक डाक्नुपर्छ ।

सभापतिले दम्भको राजनीति गर्नुभयो । कम्युनिष्ट एकताले विभिन्न नाममा कांग्रेसमाथि आक्रमण भइरहेको छ । यस्तो अवस्थामा हामीले विधिवत ढंगले संगठन चलाएर नेविसंघलाई सम्पूर्ण विद्यार्थीको आकषर्णको केन्द्र बनाउने हाम्रो अभियान थियो । त्यो अभियानलाई सभापतिजीले मनलाग्दी ढंगले अध्यक्ष तोक्न थाल्नुभयो ।
जिल्ला र क्याम्पसमा नेतृत्व सभापतिले तोक्न थाल्नुभयो । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सभापतिजीले मनलाग्दी ढंगले अगाडि बढेको कारणले नेविसंघ नेतृत्व जिम्मेवार ढंगले अघि नबढेको हुनाले हामीले बारम्बार खबरदारी गयौं ।

प्रतिकृया

प्रतिकृया