३१ बैशाख, काठमाण्डौं । विभिन्न आरोपमा जेल परेका ९५३ जनालाई युएईले माफी दिने भएको छ ।

युएईका राष्ट्रपति शैख खालिफा विन जेयाद अल नहयानले ती बन्दीलाई रमदानको अवसरमा जेलमुक्त गर्ने आदेश दिनुभयो । के कस्ता कारणले जेल परेका र कुन देशका नागरिकले माफी पाए भन्ने खुलाइएको छैन ।

नयाँ जीवनको सुरुवात र परिवारलाई भार नपरोस भनेर सोमबार राष्ट्रपतिले जेलमुक्त गर्ने आदेश दिएको गल्फ न्युजले उल्लेख गरको छ ।

प्रतिकृया

प्रतिकृया