-राज ढुंगाना१ जेठ,काठमाडौँ । नेपालका पूर्व राष्ट्रिय फुटबलर मणि शाहको आज अन्त्येष्टि गरिने भएको छ । उहाँको पार्थीव शरिरलाई श्रदाञ्जली दिन बिहान ९ बजेदेखि ११ बजेसम्म दशरथ रंगशालामा राखिएको थियो ।

युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार/तस्विर: राज ढुंगाना

प्रदेश ३ प्रमुख अनुराधा कोईराला परिवारसंग /तस्विर: राज ढुंगाना

त्यसपछि उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । उहाँको पार्थिव शरिरमा श्रदाञ्जली दिन युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार,प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोईराला,पुर्वमन्त्री गगन थापा,शंकर भण्डारी,फुटबलर हरी खड्का, एन्फाका पुर्व अध्यक्ष गणेश थापा, बर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा लगायत फुटबल खेलाडी र शुभचिन्तक रंगशाला पुगेका थिए ।

तस्विर: राज ढुंगाना

पुर्वमन्त्री शंकर भण्डारी श्रदाञ्जली दिँदै/तस्विर: राज ढुंगाना

शाहको ५१ वर्षको उमेरमा सोमबार निधन भएको हो । लामो समयदेखि कलेजोको रोगबाट पीडित शाहको थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

श्रदाञ्जलीसभामा रंगशाला परिसरमा फुटबलर हरी खड्का/तस्विर: राज ढुंगाना

स्व शाहलाई आर्यघाट लैजना तयार पारेको बालुवा बोक्ने गाडी/तस्विर: राज ढुंगाना

सन् १९८४ देखि १९९८ सम्म लगातार १३ वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलेका शाहले १० वटा अन्तर्रा्ष्ट्रिय गोल गर्नुभएको छ ।

श्रदाञ्जली दिन आईपुगेका कांग्रेस नेता गगन थापा र मन्त्री सुनार/तस्विर: राज ढुंगाना

   

प्रतिकृया

प्रतिकृया